सवा घन्टा हिँडे दीर्घायु

काठमाडौ, कार्तिक २५ - सवा घन्टा दिनहुँ तीव्र गतिको हिँडाइले तपाईंको जीवनमा १.८ वर्षको वृद्घि हुन सक्छ ।  यो अध्ययन प्लोस मेडिसिनमा प्रकाशित भएको हो ।
अनुसन्धानकर्ताहरूले विभिन्न स्तरमा शारीरिक रूपले क्रियाशील व्यक्तिको जीवनमा कति वर्षको वृद्घि हुन्छ भन्ने आकलन गरेका थिए । यो अध्ययनमा उनीहरूले प्रत्येक व्यक्तिलाई सम्मिलित गर्नुका साथै फरक-फरक बडी मास इन्डेक्स (बीएमआई) भएका विभिन्न व्यक्तिहरूको समूहहरू समेत बनाएका थिए ।
अध्ययनमा पाइए अनुसार, यदि कसैले आफ्नो दैनिक कार्यमा शारीरिक क्रियाकलापलाई अलि गति मात्रामा पनि सामेल गर्छ भने, जस्तै हरेक साता न्यूनतम ७५ मिनेट तीव्र गतिले हिँड्नु भने यस्तो क्रियाकलाप नगर्नेको दाँजोमा उनीहरू दीर्घायु हुन सक्छन् । यसरी उनीहरूको आयुमा १.८ वर्ष को वृद्घि हुन सक्छ ।
यो न्यूनतम स्तरभन्दा माथिको शारीरिक क्रियाकलापको सम्बन्ध अतिरिक्त आयुसँग जोडिएको छ । जस्तै, यदि कोही प्रतिसाता चार सय पचास मिनेट तीव्र गतिले हिँड्छन् भने उनीहरूको आयुमा ४.५ वर्षको वृद्घि हुन सक्छ ।
यो अध्ययनको वरिष्ठ लेखक आई मिन लीको अनुसार शारीरिक क्रियाकलाप र दीर्घायु हुने सम्बन्ध सबै बीएमआई समूहको व्यक्तिसँग जोडिएको छ । जस्तै सामान्य तौल, असामान्य तौल र मोटो व्यक्ति ।
अनुसन्धानकर्ताहरूले ६ लाख ५० हजारभन्दा बढी तथ्यांकलाई विश्लेषण गरेर औसत एक दशकसम्म यसको अनुगमन गरे । यसको निचोड के देखियो भने शारीरिक क्रियाकलापको सम्बन्ध दीर्घायु हुनुसँग जोडिएको छ । यसमा त्यही व्यक्ति अगाडि बढ्न पाए जो सामान्य तौलका र क्रियाशील थिए ।
अनुसन्धानकर्ताहरू अनुसार, यो अध्ययनको निचोडले आमव्यक्तिहरूमा शारीरिक रूपले क्रियाशीलता र सामान्य तौललाई लिएर एउटा जनस्वास्थ्यकारी सन्देश दिन्छ ।