दाहाल माथिको आक्रमण नेताहरुको साख गिराउने षडयन्त्र'

सना गर्दै पार्टीले उक्त घट्नाबाट पार्टी तथा नेताहरु विचलित नभएको दावी गरेको छ ।

शनिबार पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नी सापकोटाले पार्टी र तिनका नेताको तेजोवध गर्ने तथा नेतारुको साख गिराउने गम्भीर षडयन्त्रका रुपमा घट्ना गराइएको बताए । उनले उक्त घट्नलाई आक्रोशको रुपमा विश्लेष गरेर ढाकछोपको प्रयास गरिएकोबाट त्यो सुनोजित भएको देखिएको दावी गरे । उनले घट्नाबाट कोही विचलित नभएको भन्दै शान्ति र संविधानप्रतिको प्रतिवद्धता दोहोर्‍याए । नेताहरुको सुरक्षा नयाँ ढंगबाट गर्ने विषयमा छलफल भइरहेको उनले जनाए ।

उनले चोरको खुट्टा काट भन्दा चोरले खुट्टा झिकेझै कतिपयले आफै प्रष्टिकरण दिएकोमा उनले आशंका बढेको बताए । उनले घट्नाको यथार्थ छानविन गरी सत्य सथ्य सार्वजनीक गर्न माग गरे ।

पार्टीले शुक्रबार भृकुटी मण्डपमा गरेको चियापान कार्यक्रममा बाग्लुङका युवक पदम कुँवरले दाहाललाई थप्पड हानेका थिए । कुँवर प्रहरी नियन्त्रणमा छन् ।