गृहपृष्ठ
समाचार
यौन
स्वाथ्य
मनोरन्जन
प्रबिधि
प्रबास
भिडियो
साहित्य
राशिफल
फिल्म
खेलकुद समाचार
बिज्ञापन
सम्पर्क
समाचार
» महिलासहित पक्राउ परेका थिए पारस
महिलासहित पक्राउ परेका थिए पारस
काठमाडौँ, मंसिर १३ (नागरिक) - लागू औषध मुद्दामा तारिख खेप्दै गरेका पूर्व युवराज पारस शाह थाइल्यान्डको पर्यटकीय शहर फुकेटको एउटा होटलबाट महिलासहित पक्राउ परेको खुलासा भएको छ। थाई वेबसाइट ब्याङ्कक पोस्ट र द फुकेट न्युजले स्थानीय प्रहरीलाई उद्धृत गर्दै आफ्नो अनलाइन संस्करणमा दिएको जानकारी अनुसार पारस एक रात जेल पनि बसेका थिए। प्रहरीले पारससँगै पक्राउ परेकी महिलाको परिचय भने खुलाएको छैन। कोठामा पुरुष र महिलाबीच झगडा चर्किएपछि होटल व्यवस्थापनले प्रहरी डाकेको थियो।
'विवाद मिलाउने क्रममा प्रहरीले प्रतिबन्धित लागू औषध भेट्टाएको थियो। महिलाले अपराध स्वीकारे पनि पारसले भने लागू औषध आफ्नो नभएको बताएका छन्,' नाम उल्लेख नगर्ने शर्तमा ती प्रहरी अधिकारीलाई उद्धृत गर्दै ब्याङ्कक पोस्ट लेख्छ - प्रहरीले उनको पासपोर्ट जफत गरेको छ। तारिख खेप्न उनी दुई पटक अदालतमा उपस्थित भइसके।'
थाई कानुनअनुसार लागुऔषध मुद्दाको छिनोफानो हुन कम्तीमा तीन महिना लाग्छ। प्रहरीले उनलाई ३ दशमलव ४ ग्राम प्रतिबन्धित गाँजा राखेको अभियोग लगाएको छ।
नेपाली समय
ताजा खबर
धेरै पढिएका खबर
स्विमिङ पुलमा सुन्दरीको क्याटवाक (फोटो फिचरसहित)
हिजो आजको कुरा 13 July 2012
बेलायती युवराज्ञी केटको टपलेस तस्वीर सार्वजनिक
विसङ्गतिको नाङ्गो चिरफारः मुर्दार काठमान्डु
२२ वर्षीया पूजा १७ दिनदेखि बेपत्ता, दाइजोका कारण बेपत्ता पारेको आरोप