राशिफल
»
आजको पञ्चाङ्ग र राशीफल
आजको पञ्चाङ्ग र राशीफल
|
चंगु वने,
हेटौंडामा
कुष्माण्ड सरोवर मेला, शतभिषा नक्षत्र, हर्षण योग, कौलव र तैतिल करण,
कुम्भ राशीको चन्द्रमा, राहुकाल मध्याह्न १ बजेर ०१ मिनेटदेखि मध्याह्नपछि २
बजेर २१ मिनेटसम्म।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन। झैझगडामा अघि
नसर्नु नै बेस होला। बोली एवं व्यवहारमा सक्दो नियन्त्रण राख्नु उचित
हुनेछ। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ। पारिवारिक
जीवन सामान्य र सन्तोषप्रद रहने छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु,
बे, बो) – अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन। प्रेम
सम्बन्धमा तिक्तता आउने योग छ। सन्तानको पक्षबाट आवश्यक सहयोग मिल्ने
देखिन्न। शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ। शुभ कुराको संकेत
मिल्नेछ। सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ।
मिथुन (का, कि,
कु, घ, ङ, छ, के, को, ह) – हिजोआज राम्रै समय चल्दैछ। व्यापारिक वा दैनिक
कामहरू सन्तोषजनक ढङ्गले सम्पन्न हुनेछन्। खानपिनका परिकार प्राप्त हुने र
विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ। दानदक्षिणा
सरसहयोग गर्दा धनखर्च हुने योग छ। शुभ कुराको संकेत मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – समय राम्रो छैन। शरीरमा
आलस्य र थकानको अनुभव हुनेछ। धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ।
गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला। अप्रिय समाचार सुन्नु
पर्दा मन खिन्न हुने स्थिति आउने छ। तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो
हुने देखिन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
विवाहितको दाम्पत्य जीवन असल हुनेछ भने अविवाहितका लागि कसैले नयाँ
सम्बन्धको प्रस्ताव आउन सक्छ। छलफल, वादविवाद र झैझगडामा आफ्नो जीत हुनेछ।
उपहार र चिट्ठा सम्भावना पनि छ। पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने
छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – चालु पेशा वा
व्यवसायका अप्ठ्यारा र असजिला पक्षको चिन्तनमा एकाबिहानै मन रुमल्लिने छ।
समय केही उल्झन पूर्ण देखिन्छ। पढाइलेखाइमा जाँगर चल्दैन। उता आर्थिक र
वित्तीय क्षेत्रका मानिसले आज चिताएभन्दा बढी कमाउने योग छ। साँस्कृतिक
कार्यक्रममा सहभागी हुनुपर्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति,
तु, ते) – विद्यार्थीका लागि आफुले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी
पाउने दिन हो, आज। कुनै भौतिक सुविधाको दीर्घकालिक जोहो हुने सम्भावना छ।
बेलुका अनावश्यक कुरामा विवाद हुने र अपजस मिल्ने सम्भावना पनि छ।
पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ।
बृश्चिक (तो, ना,
नि, नु, ने, नो, या, यि, यु) – मनमा अशान्ति र छटपटी व्याप्त हुने छ।
अध्ययन, अध्यापनको कार्यमा खासै तत्परता देखिँदैन। प्रेम सम्बन्धमा तिक्तता
आउने योग छ। कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला। गर्नु नपर्ने कामबाट
जोगिने बेला हो, गर्न बाँकी काम पनि आजलाई थाती राख्नु नै बेस हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – यात्रा गर्ने सम्भावना छ।
चिताएको काममा सफलता पाउनु हुनेछ। साथीभाइसित भेटघाट हुनुका साथै
मनोरंजनात्मक काममा पनि संलग्न हुने अवसर जुट्ने छ। पाचनप्रणालीमा गडबड भई
स्वास्थ्य प्रतिकुल हुन सक्छ। पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – असल समय छ। भाइबहिनी वा
सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ। माया प्रेमको लागि रमाइलो छ।
विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ। विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त
सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ। आत्मबल बढ्ने बेला छ।
कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, द) – आज विदेश यात्रा गर्ने योजनामा
लाग्ने समय हो, प्रयास अनुकूल हुने समय आएको छ। अन्न फलफूल आदि कृषिजन्य
व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ। सन्तानपक्षको फल पनि राम्रै
देखिन्छ। खेलकुदतिर बढी नै सफलता मिल्ला। धैर्यता लिनुहोला।
मीन
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – खराब समय छ। मानप्रतिष्ठा र सामाजिक
मर्यादामा आँच आउने सम्भावना छ। यात्राको योग छ। घरपरिवारबाट पनि यात्राको
लागि आवश्यक सहयोग मिल्ने छ। तपार्इंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ।
हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ।

|