उदेकलाग्दो चरमोत्कर्ष

आधुनिक जीवनशैलीले मानिसलाई नानाथरी तनाव उत्पन्न गराएको छ। कसैलाई यौन सम्पर्क गर्दा उत्तेजित नहुने तनाव छ त, कसैलाई चरमोत्कर्षमै नपुग्ने तनाव। एक अमेरिकी नर्स किम राम्सेको तनाव भने यसको ठीक उल्टो छ। यौन सम्पर्कबिनै चरमोत्कर्षमा पुगेर उनी तनावग्रस्त भएकी छिन्।
चौवालिस वर्षीय घर बढार्दा, रेलयात्रा गर्दा र गाडी हाँक्दासमेत चरमोत्कर्षमा पुग्ने गरेकी छिन्। 'पर्सिस्टेन्ट जेनिटल अराउजल डिस्अर्डर' भनिने रोगले ग्रस्त उनी दिनमा करिब सय पटक चरमोत्कर्षमा पुग्ने गरेकी बताइएको छ। यसले उनलाई यौन सम्पर्क गर्न समेत समस्यामा पारेको छ। सन् २००८ मा प्रेमीसँग सेक्स गरेदेखि उनलाई यो समस्या भएको हो। उपचाररहित यो रोगले उनलाई एक पटक त लगातार चार दिनसम्म चरमोत्कर्षमा पुर्‍याएको थियो।