फेसबुकको सक्कली र नक्कली फेस
![]() |
काठमाडौ, भाद्र २६ -
मार्क जुकरबर्गले सन् २००४ फेब्रुअरी ४ देखि सञ्चालनमा ल्याएको सामाजिक
संजाल (फेसबुक) अहिले विश्वभरका २ सय १३ मुलुकमा पुगेको छ। हावर्ड
विश्वविद्यालयका विद्यार्थी जुकरबर्गले आफ्ना साथीहरू एकबोर्डो साभरिन,
डस्टिन मोस, रक्रिस ह्युसजेसका साथ सञ्चालन गरेको यो सञ्जालमा अहिले
विश्वभरका करिब ८४ करोड भन्दा बढी सक्रिय सदस्य आबद्ध रहेको फेसबुकले
जनाएको छ।
कम्पनीले फेसबुक प्रयोगकर्तालाई थप सुविधा उपलब्ध गराउँदै विभिन्न थरीका आकर्षण पनि दिइरहेको छ। यसले भिडियो च्याट, सामूहिक अन्तर्क्रियाजस्ता कुरा गर्न सहज बनाइदिएको छ भने सामूहिक सहयोग जुटाउन र संचार क्षेत्रमा पनि ठूलो सहयोग पुर्याइरहेको छ।
फेसबुकका बारेमा जतिसुकै गुणगान गाइए पनि यसका नकारात्मक पक्षहरू पनि उत्तिकै देखिन्छन्, जसले यसलाई बन्द गराउने अवस्थासम्म पुर्याएको खबर पनि सार्वजनिक भैरहेका छन्। पटक-पटक यसमा ह्याकरहरूको कडा प्रहार भए वा अन्य कम्पनीहरूले विभिन्न मुद्दा लगाउँदा यसको प्रगतिको पाइलामा काँडा उमि्रए पनि यसले आफ्नो संरचनामा भने सुधार गर्दै लगेको छ।
फेसबुकको प्रयोगले जीवनसाथी मात्र भेटिएका छैनन्, जीवनयात्राका पाइलाहरूमै ठेस पुर्याउनेसम्मको काम भएका छन्। चरित्र हत्या गर्नेदेखि फेक आइडी बनाएर अनावश्यक दुःख दिने काम समेत भैरहेका छन् फेसबुकमा। त्यसैले विश्वका केही मुलुकमा यसलाई प्रतिबन्धसमेत लगाइएको छ।
फेसबुकको प्रयोग स्कुल पढ्ने नानीदेखि विद्वान्वर्गले समेत गरिरहेका छन्। कुनै पनि कुराको सही उपयोग गर्न सके मात्र त्यसले फाइदा दिन्छ अन्यथा त्यसले नराम्रो परिणाम दिन्छ। जानकारी आदान-प्रदानका लागि राम्रो माध्यम भएकाले यसको प्रयोग गर्नु राम्रो भए पनि समय व्यवस्थापन गर्न जान्नुपर्ने लेखक नयनराज पाण्डे बताउँछन्। समयको ख्याल नगरी फेसबकमै रमाउनेहरू भने यसको फन्डामा पर्ने उनको तर्क छ।
त्रिभुवन विश्व विद्यालय काठमाडौंका आमसंचार तथा पत्रकारिताका प्रध्यापक निर्मलमणि अधिकारी पनि यस्तै धारणा राख्छन्- 'यो विश्वका कुना काप्चामा रहेका परिचित तथा अपरिचित मित्रहरूलाई भेट गराउँने माध्यम मात्र हो, यसको प्रयोजन त्यही हो।' यसको सही उपयोग हुन सके मात्र फाइदा पुग्ने उनको तर्क छ। 'फेसबुकले टेलिभिजन र संचारजगत्लाई नै चुनौती दिएको छ, टेलिभिजन हेर्नेभन्दा फेसबुक हेर्ने बढी छन्,' पत्रकार गोविन्द बानियाँ भन्छन्।
फुर्सदमा मात्र फेसबुक
जुनसुकै बेला चौबीसै घण्टा फेसबुकमा बस्नु समयको बर्बादी मात्र होइन, आफ्नो चरित्रमा आफैं दाग लगाउनु हो। त्यसैले इष्टमित्र तथा साथीभाइहरूको सम्बन्ध सुमधुर राख्न र आवश्यक कुराको अपडेटका लागि मात्र फेसबुकको उपयोग गर्नु पर्ने यसका प्रयोककर्ताहरू बताउँछन्। यसका संस्थापक मार्क जुकरवर्गले समेत समयको ख्याल गर्दै फेसबुकको सदुपयोग गरौं भनेका छन्।
फेसबुकविरुद्ध अनेक मुद्दा
विश्व हल्लाउने संजालका रूपमा विस्तार भैरहेको फेसबुकका विरुद्ध याहु लगायतका केही अन्य कम्पनीले मुद्दा हालेका छन्। विभिन्न आरोपमा हालिएको ती मुद्दा हारे फेसबुक नै बन्द हुन सक्नेसमेत समाचार प्रवाह भैरहेका छन्।
फेसबुकमा ८ करोड नक्कली खाता
चर्चित सामाजिक संजाल फेसबुकमा ८ करोड ३० लाखजति नक्कली अकाउन्ट भएको बताइन्छ। फेसबुकले अमेरिकाको सेक्युरिटी एक्सचेन्ज कमिसनलाई दिएको एक तथ्यांकअनुसार साढे ९५ करोड सक्रिय अकाउन्टमध्ये ८ करोड ३० लाख नक्कली रहेको स्वीकार गरेको छ। फेसबुकले आफ्ना कुल प्रयोगकर्तामध्ये ४ दशमलव ८ प्रतिशत अर्थात् करिब साढे ४ करोडका दुईवटा अकाउन्ट रहेको र करिब साढे २ करोड नक्कली खाता रहेको जनाएको छ। यसरी नक्कली र दुईवटा फेसबुक खाता खोल्नेहरू अमेरिका र अस्ट्रेलियाजस्ता मुलुकमा कम रहेको फेसबुकको दाबी छ। उसको भनाइअनुसार इन्डोनेसियाजस्ता विकासशील र तेस्रो बिश्वका मुलुकबाट फर्जी खाता खोल्नेहरू बढी छन्। फेसबुकका नक्कली खाताका कारण विज्ञापनदाताहरूमाझ उसको लोकप्रियता घट्न थालेको छ। वीबीसीले हालै गरेको एक सर्वेक्षणमा फेसबुक लाइक गर्नेहरूको त्यस्तो उत्पादनसँग कुनै सम्बन्ध नरहेको कुरा पत्ता लागेको थियो।
कसरी चिन्ने फेक आइडी ?
फेक आइडी बनाउनु भनेकै अरूको चरित्रमाथि खेलवाड गरी आफ्नो स्वार्थ पूरा गर्नु हो, तसर्थ त्यस्ता व्यक्तिले पोष्ट गर्ने स्टाटसहरू सान्दर्भिक र विश्वसनीय नभएर शंकालु प्रकृतिको हुन्छ। यसबाट पनि फेक आइडी पत्ता लगाउन सकिन्छ।
आफूलाई रिक्वेस्ट आउनेबित्तिकै उसको प्रोफाइल भिजिट गरेर चित्त बुझ्दो लागे मात्र एसेप्ट गर्नुपर्छ। यदि पहिले नै एसेप्ट गरिसकेको भए त्यसलाई आफ्नो फ्रेन्ड लिष्टबाट हटाउनुपर्छ।
प्रोफाइलमा राखिएका तस्बिर वा अन्य जानकारी हेरेर पनि फेक आइडी पत्ता लगाउन सकिन्छ।
आफूसँग नजिकिन अनेक प्रलोभन दिई गोप्य कुराको पछि लाग्न थाले भने सचेत हुनुपर्छ।
व्यक्तिको सामाजिक प्रतिष्ठा मात्र नभएर गोप्य व्यावसायिक योजनाहरू चोर्नसमेत फेक आइडीको प्रयोग भएको पाइन्छ, त्यसैले फेसबुकका साथी बन्नासाथ विश्वास गर्न हुँदैन।
के छ कानुनमा ?
विद्युत् कारोबार ऐन २०६३ अनुसार नेपालमा इन्टरनेटबाट हुने हिंसामा अधिकतम २ लाख जरिवानासहित पाँच वर्ष कैद हुने व्यवस्थ्ाा छ। वि.सं.२०६६ मंसिरमा प्रहरी अपराध महाशाखामा 'साइबर क्राइम अनुसन्धान सेल' स्थापना गरिएपछि फेसबुक दुरुपयोगको अनुसन्धान हुन थालेको हो। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार अहिले नेपाललमा पनि इन्टरनेट क्राइमसम्बन्धीइ उजुरी दैनिक तीन-चारवटाको हिसाबले पर्न थालेको छ। यो क्रम निरन्तरता वृद्धि भैरहेको छ। फेसबुकको माध्यमबाट ठग्ने र ठग्न खोज्ने तथा अश्लील तस्बिर पोष्ट गर्नेह रूलाई उजुरीका आधारमा पक्राउ गरिन्छ।
प्रकाशित मिति: २०६९ भाद्र २६ ०९:३७
-ekantipur