मलाई यौन उत्तेजना हुँदैन, किन होला ?



म १८ वर्षको छु। मेरो लिङ्ग सीधा छैन, केही मात्रा बाङ्गो छ। यसको कारण के होला ? के यसले मेरो प्रजनन क्षमतामा असर गर्ला ? 

५७२१५

लिङ्ग प्रायः सधैं जस्तो छोपिने अङ्ग भएर पनि यसको बनावटका सम्बन्धमा निकै चासो हुन्छ। पुरुषको 'व्यक्तित्व', 'पौरुषत्व' वा भनौं आफ्नो  पहिचान तथा आत्मसम्मानसँग जोडिएकाले अन्य अङ्गभन्दा सांकेतिक महत्त्व बढी रहेको पाइन्छ। सायद त्यसैले होला, कुनै पनि व्यक्ति उसको  यौन तथा प्रजनन अङ्गको नाप तथा आकारप्रति सजग हुनु अस्वाभाविक होइन। विशेष गरी आफ्ना साथीहरूको बीचमा तुलना गर्दा फरक भए  चिन्ताको विषय बन्छ। 

तपाईंले लिङ्ग कुन अर्थमा बाङ्गो भन्नुभएको हो तथा कसरी आफ्नो लिङ्ग सामान्यभन्दा बाङ्गो भएको थाहा पाउनुभयो भन्ने कुरा खुल्नु आवश्यक  छ, जुन तपाईंको सन्देशमा उल्लेख छैन। एकछिन यसको संरचनाका बारेमा कुरा गरौं। लिङ्ग मुख्यतया तीनवटा स्पन्जजस्तो संरचनाले बनेको  हुन्छ। लिङ्गको माथिल्लो भागमा दुईवटा Corpus Cavernosa भनिने भाग हुन्छन् भने तलतिर Corpus Spngiosum। लिङ्ग उत्ते जित हुँदा यिनै संरचनाहरूमा रगत भरिन्छन् र लिङ्ग मोटो र कडा हुन्छ। उत्तेजित नभएको बेलामा त लिङ्ग लचिलो अङ्गका रूपमा रहेको हुन्छ  र बाङ्गोपनको खास आभास हुँदैन, तर उत्तेजित हुँदा मात्र त्यस्तो बाङ्गोपन देखिन्छ।

सबै पुरुषको लिङ्गको आकार एकै किसिमको हुँदैन। उत्तेजित अवस्थामा एकदम सीधा नभई लिङ्ग आफैंमा केही मात्रामा टेढो (बाङ्गो) हुन्छ। यो  सामान्य कुरा हो। कतिपय लिङ्ग शरीरसँग टाँसिएको कोणको कुरालाई लिएर बाङ्गोपनको कुरा गर्छन्। कतिपय मानिसले लिङ्ग उत्तेजित हुँदा  शरीरबाट सीधा बाहिर निस्किएको वा भुइँसंग समानान्तर (उभिएको अवस्थामा) हुनुपर्छ भन्ने सोच्छन् तर कुरा त्यसो होइन। लिङ्ग उत्तेजित  हुँदा केही छड्के हुन सक्छ। लिङ्गको Corpus Cavernosa भनिने भाग जघनास्थी (pubic bone)सम्म जोडिएको हुन्छ। त्यसैले उत्ते जित लिङ्गको कोणलाई निर्धारित गर्छ। तपाईंले लिङ्गको बीच भागको बाङ्गोपनलाई नै संकेत गर्नुभएको होला।

केही बाङ्गो हुँदैमा यौनसम्पर्क राख्न गाह्रो हुँदैन अनि प्रजनन क्षमतामा पनि असर पर्दैन। अति नै बाङ्गो भएर यौनसम्पर्क नै राख्न नसक्ने  स्थितिको कुरा अर्कै भयो। केही परिस्थिति हुन्छन् जसमा लिङ्ग अति नै बाङ्गो हुन्छ। त्यसमध्ये केही त जन्मजात नै हुन्छन्। मूत्रनलीको विकासमा  गडबडी भएर टेढोपन भएको (hypospadias) स्थितिमा लिङ्ग तलतिर बाङ्गो हुन्छ। यदि लिङ्ग निश्चित (स्थायी) रूपमा बाङ्गो भएको  अवस्थालाई chordee भनिन्छ। मूत्रद्वारको गम्भीर संक्रमण पनि लिङ्गको बाङ्गोपनको कारण हुनसक्छ। Peyronie's disease मा  सामान्य लिङ्ग अकस्मात् निकै बाङ्गो हुन गै यौनसम्पर्क गर्न नसक्ने हुनसक्छ र दुख्छ पनि। पक्का रूपमा कारण थाहा नभएको यो रोग प्रायः  ४० वर्षभन्दा माथिका मानिसलाई लाग्छ। यस्ता गम्भीर समस्याहरूका लागि मात्र चिकित्सकको सहयोग आवश्यक पर्छ र शल्यचिकित्सा 

गराउनुपर्ने हुनसक्छ।



मलाई यौन उत्तेजना हुँदैन, किन होला ?  

५०६३०

तपाईंमा यौन उत्तेजना किन नभएको होला ? 

तपाईंको अति नै छोटो सन्देशका भरमा किन यौन उत्तेजना नभएको होला, यकिनका साथ भन्न सकिने स्थिति छैन। तपाईंले आफ्नो उमेर,  पहिले यौन उत्तेजना हुने भए पनि अहिले नहुने हो कि, विवाह भएको छ कि छैन, तपाईंको यौन क्रियाकलापमा एकनासेपन भएर दिक्क हुने  स्थिति छ कि जस्ता अनेक कुराका बारेमा केही कुरा लेख्नुभएको छैन, तर पनि महिलामा किन यौन उत्तेजना हुँदैन भन्ने कुरामा म आफूलाई  केन्दि्रत गर्छु। 

यौन चाहना स्वाभाविक रूपमा हुने भए पनि सबै व्यक्तिमा यो एकै स्तरको हुँदैन। कसैमा यो बढी हुन्छ भने कसैमा कम। त्यसै गरी एउटै  व्यक्तिमा पनि कहिले बढी त कहिले कम हुनसक्छ। 

यौन उत्तेजना नै सुरु नहुनु वा यौन सन्तुष्टि प्राप्त गर्न बाधा पार्ने कुनै पनि कुराका शारीरिक, मानसिक वा दुवै कारण हुन सक्छन्। विशेष  गरेर महिलाको सन्दर्भमा भन्ने हो भने पाठेघर वा वरिपरी संक्रमण भएर यौनसम्पर्क नै पीडापूर्ण हुने भएकाले महिलाले यौनसम्पर्क गर्ने  कुरामा रुचि कम हुँदै जाने नै भयो। केही दीर्घरोगको पनि यस्तो प्रभाव पर्न सक्छ। तपाईंले पत्रमा त्यस्तो कुनै कुरा उल्लेख गर्नुभएको छैन।  अर्कातिर यौन क्रियाकलापमा संलग्न हुन नसक्नुका मानसिक कारण हुन सक्छन्। यौनप्रतिको गलत मानसिकता त्यसको एउटा प्रमुख कारण  हुनसक्छ। यौन क्रियाकलाप नै खराब हो भन्ने प्रभाव कसैलाई परेको छ भने ऊ सहजै यौनक्रियाकलापमा संलग्न हुन सक्दैन। यौनसम्बन्धी  मूल्य-मान्यताको विकास हुँदा यदि मनमा गहिरो प्रभाव परेको छ भने यसलाई परिवर्तन गर्न सकिन्न, तर तपाईंले यस्ता कुरा पनि भएको  संकेत दिनुभएको छैन। कतिपय स्थितिमा आफैंभित्र मानसिक विरोधाभास भए यस्तो परिस्थिति आउन सक्छ। त्यसबाहेक दैनिक जीवनमा  आइपर्ने तनावहरू जस्तै चिन्ता, निराशा, थकान, अन्तरव्यक्ति सम्बन्धको चिसोपन तथा जोडीबीचको तनाव आदि यसका कारण हुन सक्छन्।  तपाईंलाई नै यस विषयमा सबैभन्दा बढी थाहा हुने भएकाले त्यसैअनुसार समाधानको बाटो खोज्नुपर्ने हुन्छ। अन्य कुनै रोगको उपचारका  क्रममा कुनै औषधी प्रयोग गरिएको छ भने त्यसको यौन क्रियाकलापमा प्रभाव हुने खालको छ वा छैन पनि विचार गर्न नबिर्सनुहोला। 

कुनै व्यक्ति भयका कारणले यौनसम्पर्कमा संलग्न हुँदैन भने त्यसलाई Sexual Aversion भनिन्छ भने इच्छा नै नभै यौनसम्पर्क  नराख्नुलाई Inhibited Sexual Desire भनिन्छ। यो अवस्थामा यौन क्रियाकलापमा संलग्नता पनि कम हुन्छ भने यौन क्रियाकलामा  संलग्न हुने इच्छा पनि कम हुन्छ। यसरी इच्छा नै कम हुँदा यौनसपना (स्वप्नदोष), यौन परिकल्पना, यौन उत्तेजक कुराप्रति ध्यान वा आकर्षण,  यौन क्रियाकलापप्रतिको चाहनाको सचेतनता, आकर्षण, सम्भावित यौन साथी देख्नु, यौन क्रियाकलाप गर्न नपाएकोमा हतास हुने जस्ता कुरा  पनि हुँदैनन् वा कम हुन्छन्। यो अवस्थामा रुचि नै कम हुने भएकाले यौन क्रियाकलापको सुरुवात पनि नगर्ने हुन्छन् भने अर्काले सुरु गर्दा  पनि त्यो कुरालाई सजिलै स्वीकार गर्दैनन्। यी सबै भए पनि शारीरिक रूपमा यौनसम्पर्क राख्न सक्षम हुन्छन्। तपाईंले यी विषयमा केही  जानकारी दिनुभएको भए समाधान सजिलो हुने थियो।