क्यामेरा कम मोबाइल
![]() |
भाद्र ९ - मोबाइल मा ४१ मेगापिक्सेलको क्यामेरा ? पत्याउनै नसकिने । बजारमा अधिकतम २३ मेगापिक्सेलका क्यामेरा उपलब्ध छन् ।क्यामेरा उत्पादक कम्पनीलाई समेत उछिन्ने मोबाइल उत्पादक हो, नोकिया । मोबाइल लाई फोनका रूपमा युज गर्ने की क्यामेरा को रूपमा ? दुवै काम गर्ने एउटै डिभाइस तपाईंको हात पर्ने भएको छ ।
सन १९९८ देखि १४ वर्ष विश्व बजारमा नम्बर १ रहेको मोबाइल कम्पनीलाई सन् २०१२ को तथ्यांकले झड्का लगायो । उसको बजारमा एकाधिकार तोडेर नम्बर १ मा आयो कोरियाली कम्पनी सामसङ् । गुम्दै गएको बजारलाई आफ्नो पक्षमा तान्न ठूलो क्षमताको क्यामेरा जडान गरेर उसले लुमिया ८०० प्योर भ्यु बजारमा उतारेको छ ।
नेपाली बजारमा भर्खर प्रवेश पाएको यसले उपभोक्तामा तरंग ल्याएको विक्रेताको दावी छ । मोबाइल सेटमा ४१ मेगा पिक्सेलको क्यामेरा । सेट हातमा नलिइ पत्याउन गाह्रो पर्छ । राजधानीको न्युरोडस्थित भर्जिनमोबाइल सो-रुममा भेटिएका किशोर केसीले मोबाइल मा जोडिएको क्यामेराको क्षमता सुन्दा जिब्रै टोके ।
सजिलै पत्याउन गार्हो हुने यो सेटले प्रयोगकर्तालाई कति सन्तुष्ट बनाउँछ, हेर्न बाँकी छ । यसमा जडान गरिएको क्यामेरा भने मोबाइल फोनको दुनियामा आफैंमा रेकर्ड हो । मोबाइल का सौखिनलाई डिजिटल क्यामेरासमेत बोक्नु नपर्ने गरेर जडान गरिएको यो मोवाइबारे धेरैले चासो राखेको भर्जिनका किरण श्रेष्ठ बताउँछन् ।
स्मार्ट फोनको बजारमा निकै चर्चामा रहका आइफोन, ग्यालेक्सी एस थ्रीलाई धेरै पछि छाड्दै नोकियाले यो मोबाइल मा यति क्षमताको क्यामेरा जडान गरेको हो । बजारमा अधिकतम १२ मेगापिक्सेलका क्यामेरा भएका मोबाइलछन् ।
त्यतिमात्र कहाँ हो र ? चर्चित क्यामेरा डिजिटल क्यामेरा उत्पादक कम्पनी निकोन, क्यानन, सोनीले समेत यति धेरै मेगापिक्सेलको फोटो खिच्न सक्नेक्यामेरा बजारमा उतारेका छैनन् । न्युरोडस्थित क्यामेरा स्टोरका संचालक विकास अग्रवालका अनुसार निकोनका साना क्यामेरा १६ मेगापिक्सेल र एसएलआर २१ मेगापिक्सेलका मात्र छन् ।
न्युरोडकै सोनी क्यामेरा विक्रेता न्यु-अमर इम्पेक्सका भरत श्रेष्ठ अधिकतम १८ मेगापिक्सेलका सोनी क्यामेरा बजारमा रहेको बताउँछन् । क्याननले २३ मेगापिस्सेलसम्मका क्यामेरा बजारमा ल्याएको छ । जति मेगापिक्सेलकोक्यामेरा छ, त्यसले खिचेको फोटो त्यति स्पस्ट हुन्छ । यसलाई जुम गरेर फोटोका सानाभन्दा साना विन्दूलाई समेत ठूलो पार्दै प्रस्टसँग हेर्न सकिन्छ ।
फोटोलाई ठूलो पार्दा च्यातिने डर हुँदैन । बेस्ट सेलिङको ताज गुमाए पनि बेस्ट बिजनेस, बेस्ट गेमिङ फोनको चिनारी कायमै राखेको नोकिया बेस्टक्यामेरा फोनमा समेत चिनिएको छ । यसको क्यामेरा मा १/१.२ सेन्सर छ, जसले मानिसको फेसलाई चिन्नसक्छ ।
यसको डिजिटल जुमले ४ गुना टाढाको तस्बिरलाई तानेर जस्ताको तस्तै -लसलेस) उतार्न सक्छ । यसको अग्रभागमा समेत भिजिए क्यामेरा भएकाले भिडियो कल गर्न सकिन्छ । यसमा एमोलेड ४ इन्चको टचस्त्रिmन छ । यसको रिजोल्युसन ६४० गुणा ३६० पिक्सेल छ । स्त्रिmनमा गुरिल्ला ग्लास भएकाले हत्तपत्त फुट्दैन ।
सिंगल कोर १.३ गिगाहर्ज प्रोसेसरयुक्त सेटमा एआरएम ११ सीपीयू र ५ सय १२ एमबीको र्याम भएकाले चलाउन छिटो छ । आन्तरिक रूपमा १६ जिविको मेमोरी भएको सेटलाई ३२ जिवीसम्म विस्तार गर्न सकिन्छ । हार्डडिस्क भएको माइक्रो एचडीएमआई पोर्ट भएकाले यसलाई सिधै टिभीमा जोडेर तस्बिर र भिडियो हेर्न सकिन्छ । डिजिटल कम्पास, ग्लोबल पोजिसनिङ् सिस्टम (जीपीएस) भएकाले यसले कतै जान बाटो देखाउने काम गर्छ । स्मार्ट भ्वाइस कलिङ सिस्टम भएकाले आवाजबाट निर्देशन दिन सकिन्छ ।
एक्टिभ न्वाइज क्यान्सिलेसन सिस्टम भएकाले भिडबाट कसैलाई फोन गर्दा रिसिभ गर्नेले भिडबाट निस्केको आवाज सुन्दैन । लगातार कुरा गर्दा टुजी नेटवर्कमा ११ घन्टा र थ्रीजीमा करिव ७ घन्टा टिक्ने १ हजार ४ सय एम्पिएरको ब्याट्री छ । यसले ४ सय ६५ घन्टा फोनलाई स्यान्डबाइ राख्ने कम्पनीको दावी छ ।
नोकियाको सिम्बीयन अपरेटिङ सिस्टम (ओएस) बेलीको फिचर प्याक १ यसमा प्रयोग भएको छ । सिम्बियनको पछिल्लो भर्जन यसमा नोकियाले आइओएस, एन्ड्रोइ डजस्ता बजारमा लोकपि्रय ओएससँग प्रतिस्पर्धा गर्ने गरेर केही नयाँ फिचर थपेको छ ।
यसमा इन्टरटेनमेन्ट अप्सन, पर्सनालाइजेसन च्वाइस र पर्फर्मेन्समा केही अध्यावधिक गरिएको छ । यसमा डल्बी डिजिटल साउन्ड छ, जसले गेम खेल्दा, संगीत सुन्दा, भिडियो हेर्दा छुट्टै अनुभूति हुन्छ । फोनलाई आफ्नोपनको अनुभूति दिन यसमा २० भन्दा बढी विड्जेट छन्, जसलाई आफ्नो अनुकूल हुने गरी स्क्रिनमा राख्न सकिछ ।
उच्चगतिको एचटिएमएल ५ सपोर्ट गर्ने नया ब्राउजर, नोकिया म्यापको लेटेस्ट भर्जन, माइक्रोसफ्टले भर्खरै बजारमा ल्याएका एप्लिकेसन्स (एप्स) यसमा उपलब्ध छन् ।
ठूलो क्षमताको क्यामेरा ले मोवाइल सेटलाई केही भद्दा भने बनाएको छ । सामान्य सेटभन्दा केही गह्रौं पनि छ यो । एन्ड्रोइडको जस्तो थर्ड पार्टी सफ्टवेयर नोकियाको ओएसमा उपलब्ध नहुने भएकाले प्रयोगकर्तालाई पूर्ण सन्तुष्टी नदिन सक्छ । माइक्रोसिम सपोर्ट गर्ने भएकाले नेपालका दुरसंचार कम्पनीले दिने सीम काट्न पसल चाहार्नु पर्ने अवस्था आउँछ । यी त सामान्य कमजोरी भए ।
चिन्ता नलिनुस, नेपाली बजारबाट करिव ५६ हजार तिरेर यो सेट किन्दा तपाईले शक्तिशाली क्यामेरा सगै पाउनु हुने छ । यसले तपाइलाई 'टु इन वन' को अनुभूति पक्कै दिनेछ ।
lnghimire@gmail.com
![]() |