नेपालमा खुल्ला बिश्वबिद्यालय स्थापना गर्न सिड्नीमा सम्झौता
![]() |
ऋषि आचार्य
१५ भदौ, सिड्नी । नेपालमा खुल्ला
बिश्वबिद्यालय स्थापनाका लागि अष्ट्रेलियाको सिड्नीमा त्रिपक्षीय सम्झौता
भएको छ । गैरआवासीय नेपाली संघ एनआरएनको जारी सातौं क्षेत्रीय सम्मेलनका
अबसरमा शुक्रबार सम्झौतामा हस्ताक्षर भएको अष्ट्रेलियाबाट संचालित
कम्युनिटी न्यूज पोर्टल एयुनेपाल डटकमले जनाएको छ ।
यसअघि बिश्वबिद्यालय स्थापनाका लागि बिकाश
समिति गठन भई काम भइरहेकोमा शुक्रबार बिश्वबिद्यालय स्थापनाका लागि
औपचारिक हस्ताक्षर भएको हो । शिक्षामन्त्री दीनानाथ शर्माको उपस्थीतिमा
शिक्षा मन्त्रालयका सहसचिव एवं खुला बिश्वबिद्यालय बिकाश समितिका महाश्रम
शर्मा, गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछाने तथा बेलायत,
अष्ट्रेलिया र क्यानडाका खुल्ला बिश्वबिद्यालयवीच हस्ताक्षर भएको डा. राजु
अधिकारीले जानकारी दिनुभयो ।
सम्झौताअनुसार सन् २०१३ बाट कम्तीमा एउटा
संकायमा पढाई सुरु गर्ने गरि सम्झौता भएको छ । शिक्षा मन्त्रालयले
धुलिखेलमा रहेको दूरशिक्षा भवन र पूर्वाधार खुल्ला बिश्वबिद्यालयलाई उपलब्ध
गराउने छ भने क्यानडा, बेलायत र अष्ट्रेलियाका तीनवटा खुल्ला
बिश्वबिद्यालयले प्राबिधिक सहयोग गर्नेछन् ।
खुल्ला बिश्वबिद्यालयले बिशेषगरि निम्न आय
भएका र शिक्षामा सहज पुहँच नभएका नेपालीलाई लक्षित गर्ने बताइएको छ
। गैरआवासीय नेपाली संघले लामो समयदेखि खुल्ला बिश्वबिद्यालय स्थापनाका
लागि पहल गर्दै आएको थियो । एनआरएन क्यानडाका तत्कालिन अध्यक्ष डा. प्रमोद
ढकालको संयोजकत्वमा शिक्षा मन्त्रालयमा सचिवालय खडा गरि बिश्वबिद्यालय
स्थापनाका लागि पहल गरिएको थियो ।
-onlinekhabar
![]() |