मोस्ट वान्टेड सूचिमा रहेका युनिटी अध्यक्ष पक्राउ
![]() |
काठमाडौं, श्रावण १७ - गैरकानुनी नेटवर्किङका नाममा ठगी गर्दै आएको युनिटी लाइफ इन्टरनेशनल लिमिटेडका अध्यक्ष काशिराम गुरुङ पक्राउ परेका छन् । उनी प्रहरीको सर्वाधिक खोजी 'मोस्ट वान्टेड' सूचिमा थिए ।
युनिटी प्रकरण सार्वजनिक भएपछि गुरुङसहित चार सञ्चालक फरार छन् । गुरुङलाई भारतको सिक्किममा पक्राउ गरिएको बताइएको छ । उनलाई काठमाडौं ल्याएपछि साँझ नै प्रहरीले पत्रकार सम्मेलन गर्दैछ ।
नेटवर्किङमा सर्वसाधारणलाई सामेल गराई युनिटीले ३ अर्ब ८३ करोड रुपैयाँ संकलन गरेको थियो ।
![]() |