प्रचण्ड र कोइरालावीच भेटवार्ता, भोली शीर्ष वार्ता


१२ भदौ, काठमाण्डौं । नेपाली काँग्रेसका सभापति सुशील कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच भेटवार्ता भएको छ ।
कोइराला निवास महाराजगञ्जमा आज बिहान भएको छलफलमा प्रमुख दलहरुबीच सहकार्य गरेर अघि बढ्ने सहमति भएको बताइएको ।
भेटपछि अध्यक्ष प्रचण्डले भोली प्रमुख तीनदलको बैठक बोलाएर सहमितका लागि प्रयास गर्ने जानकारी दिनुभयो ।
जेठ १४ गते संविधानसभा विघठन भएपछि देखिएको राजनीतिक संकट समाधानका लागि पहिले संविधानका विवाद समाधान गरेर नयाँ सरकारमा जाने वा नयाँ सरकार पछि संविधानका विवादित विषयमा छलफल चलाउने भन्ने विषयमा दलहरुबीच विवाद छ ।