कुकुर बाघ र बाँदरको जोक्स





एकदिन एउटा कुकुरले जंगलमा बाटो बिर्सेछ
त्यत्तिखेर उसले एउटा बाघ उसैतिर आउँदै गरेको देख्यो
कुकुरको सातोपुत्लो उड्यो 'आज त म पक्का मरेँ:(' सोचेछ
त्यतिकैमा उसले आफ्नो सामुन्ने भुईँमा केहि सुकेका हड्डीहरू देख्यो
अनि ऊ आउँदै गरेको बाघतिरै पिठ्युँ फर्काएर बस्यो अनि एउटा सुकेको
हड्डी चुस्दै जोरजोरले बोल्न थाल्यो "वाउ ! बाघ खानुको त मजा नै अर्कै छ,
एउटा बाघ अरू मिल्यो भने त पार्टी हुने थियो आज, yum yum"
अनि जोरले डकार्न थाल्यो ।
यो देखेर बाघले सोच्यो "यो कुकुर त बाघको शिकार गर्दोरैछ,
ज्यान बचाएर भाग्नुपर्‍यो" भन्दै भागेछ ।

यो सब तमाशा रुखमा बसेको एउटा बाँदरले हेर्दैथ्यो,
उसले सोच्यो यै मौका हो म बाघलाई सबै Story भन्दिन्छु
बाघसँग दोस्ती हुन्छ अनि जिन्दगीभरी ज्यानमाथि खतरा हुँदैन
यति सोचेर उ बाघ भएतिर दौडेर गयो, कुकुरले बाँदरलाई
जान
लागेको देखिहाल्यो, उता बाँदरले गएर बाघलाई सब कुरा
भनिदियो कि कसरी कुकुरले उसलाई मुर्ख बनाएको हो भनेर्
बाघले गर्जिदै भन्यो 'ए, तेसो पो ! ल हिँड मसँग अहिले गएर
तेस्लाई चपाएर खाइदिन्छु'
र बाँदरलाई आफ्नो पिठ्युँमा बसाएर बाघ कुकुर भएतिर दौडियो

कुकुरले बाघलाई आउँदै गरेको देखेपछि एकपटक फेरि
बाघ भएतिर पिठ्युँ फर्काएर बस्यो अनि जोर जोरले
कराउन थाल्यो
"त्यो साले बाँदरलाई पठाएको एक घण्टा भैसक्यो
साला अहिलेसम्म एउटा बाघ फसाएर ल्याउन सकेन"


तेसपछी त बाघ त taap...............