छम-छम नाच्ने रहर (फोटो कथा)

उपेन्द्र लामिछाने- सानैबाट उनले बाँया खुट्टाको चल्ने सक्ति गुमाइन्। पाँच बर्षकै उमेरमै आमाबाबुबात तिरस्कृत भइन्।।राजधानीको काँडाघारीस्थित श्रृजनसिल बाल सेवा परिवारमा चार बर्षदेखी आश्रय लिदै आएकी गुल्मीकी ९ वर्षीया रिमा पुरीले अनाथालयकी 'ममी' त पाइन् तर आर्थिक अभावले कृतिम खुट्टा जड्न सकिनन्। 

सहपाठीको काधमा हात राखेर नजिकैको गान्धी आदर्श उच्च मावीमा आउजाउ गर्ने कक्षा ३ की यी क्षात्राले कृतिम खुट्टा लगाउन पाए सजिलो हुने आशा व्यक्त गरिन। 'त्यसो भयो भने म पनि ठम-ठम हिड्न सक्छु रे ', रीमाका आखा चम्कीए। 
दुई महिनाअघि काठमाडौकैं साखुस्थित सुषमा मेमोरियल ट्रष्टमा पुगेकी उनलाई त्याहाँका चिकित्सकले घुँडाको 'अलिकती' सल्यक्रिया गरेर कृतिम खुट्टा राख्न मिल्ने बताएपछि उनमा हिँड्ने आशा पलाएको छ। ' त्यो सुनेपछि ऊ निक्कै खुसी छे ', आश्रमकी सञ्चालिका उमादेवी बस्नेत भन्छिन्- 'पैसा धेरै लाग्ने भएकाले अहिले हामी त्यो खर्च जुटाउने अवस्थामा छैनौ।' अपरेशन गरेर कृतिम खुट्टा जडान गर्न कम्तीमा दुई लाख रुपैया लाग्ने उनले सुनाइन्।

पढाईमा अब्बल रिमा गीतपनि मिठो गाउछिन्। 'ऊ हामीसँग गाउँछे अनि एउटै खुट्टाको भरले नाच्छे पनि,' कक्षा ३ मा अध्यनरत नितु उपाध्याय भन्छिन् -' सधै हासी-हासी कुरा गर्छे।' रिमा आफु खुसी नै रहेको तर विद्यालयका केही साथीभाईले कहिले-काही जिस्काउँदा दुख लाग्ने गरेको सुनाइन्। 'मलाई उनीहरुले 'लङ्गडी' भन्दा निक्कै चित्त दुख्छ,' उनले भनिन -'उनीहरुले त्यसो नभनेको दिन म निक्कै खुसी हुन्छु।'
कृतिम खुट्टा लगाउन सकेको दिन घेरै खुसी लाग्ने उनले सुनाइन्। 'मलाई पनि साथीहरुजस्तै दौडेर विद्यालय जाने इच्छा छ', 'अधिकांश समय कक्षा कोठामै बिताउने उनी भन्छिन;' चौरमा फनफनी नाच्ने रहर छ।' आफ्नो जन्मघरबारे खासै जानकारी नभएपनि खुट्टा लगाउन सके एक पटक जन्म गाउँ गएर गित गाउने अनि त्याहाको चौरमा नाच्ने पनि रहर व्यक्त गरिन। उनी सानै छदा उनका अविभावकले उनलाई छाडेका थिए।
'आश्रममा आश्रय लिएका १४ असाहय बालवालीका कापी-कलम बोकेर विद्यालय जादा जति खुसी लाग्छ त्यो भन्दा बढी दुख उसले एउटा खुट्टाले सकि-नसकि विद्यालय जाँदै गरेको दृश्‍यले दिन्छ ,' आश्रम सञ्चालिका बस्नेत भन्छिन। रीमाको बारेमा पत्रिका तथा एफएमा समाचार प्रकाशित भएपछि विभिन्न स्कुलका विद्यार्थीले टिफिन खर्च कटाएर उनको उपचार रकम जम्मा गर्दे छन्।
बौद्धस्थित महेन्द्र उच्च माध्यामिक विद्यालयका कक्षा ९ मा अध्यनरत रुजिता मिजार, बिष्णु मैनाली र नरवाहादुर थापाले यस्तो अभियानको नेतृत्व गरेका छन्। उनीहरुले आफ्नै विद्यालयबाट यस्तो अभियान थालनी गरेका हुन्। आफु अध्यनरत विद्यालयको कक्षा १ देखि १० सम्मका विद्यार्थीले टिफिन खर्च कटाएर जम्मा गरेका ९ हजार ३० रुपैया र जनकल्याण मावीका विद्यार्थीबाट संकलित ३ हजार ९४ रुपैयागरी कुल १२ हजार १ सय २४ रुपैया उनीहरुले शुक्रबार रिमाको हातमा थमाए।
'एउटैँ खुट्टाको भरमा विद्यालय जाने र नाच्ने गरेको रिमाको बारेमा जानकारी पाएपछि उनलाई सहयोग गर्ने विचार आयो,' बिष्णु मैनालीले भनिन्-'आफ्नै विद्यालयबाट रकम जम्मा गर्दे हामी अगाडी बढ्दैछौ।'