लुसीलाई माया लगाउने यी कुरुप जन्तु (फोटोफिचर सहित)

यो कुरा निश्चित छ की बेढंगको सरीर तथा देख्दा नै कुरुप लाग्ने अनुहारका कारण यी जनावरहरुले वन्यजन्तु सुन्दरी प्रतियोगिता भएमा कहिल्यैपनि उपाधि हात पार्न सक्ने छैनन् । कुरुप भएकै कारण यिनीहरुले सामान्य जनावरप्रेमीको माया पनि पाउन गाह्रो छ । तर यी कुरुप भनिएका जनावरहरु जीववैज्ञानिक तथा फिल्म निर्माता लुसी कुकको मन जित्न भने सफल भएका छन् ।
सबैलाई राम्रोलाई मात्र हेर्ने सुन्दरताको सासनका विरुद्ध भन्दै लुसी यी देख्दा कुरुप देखिएपनि पर्यावरणको लागि निकै महत्वपूर्ण मानिएका संकटापन्न वन्यजन्तुको संरक्षणमा जुटेकी छिन् ।
उनले यिनै कुरुप जनावरको बारेमा तिन भाग भएको टेलिभिजन सिरिज तयार पारेकी छिन् । फ्रेक्स एण्ड क्रिप्स नामो उनको टेलिभिजन सिरिज नेसनल जिओग्राफी च्यानलबाट प्रशारण हुन्छ ।
आफु वास्तवमै सुन्दरताको विरोधी भएको र सधै कुरुप, तथा हेला गरिएका जनावरलाई मन पराउने उनी बताउँछिन् । संरक्षणकर्मी तथा सर्वसाधारणले समेत अवहेलना गर्ने तथा चासो नदिने गर्दा यस्ता वन्जयन्तुहरु संकटमा परेका उनी बताउँछिन् ।
उनले नाक लामो हुने प्रोबोसिस बाँदर, गिद्ध, सालक, भ्यागुता, लेमुर तथा नंगा मोल मुसो लगायतका देख्दा कुरुप देखिने वन्यजन्तुका सबै कुरा समेटेर फिल्म तयार पारेकी छिन् । साथै उनले यी जनावरको महत्व तथा संरक्षणका विषयमा पनि प्रष्ट पार्ने कोसिस गरेकी छिन् । हेरौँ लुसीको मनमा बस्न सफल यी कुरुप जनावरहरु


 
 


-onlinekhabar