झापामा २६ करोड सामाजिक सुरक्षा भत्ता वितरण
|
७ भदौ, भद्रपुर । सरकारले जिल्ला विकास समितिमार्फत झापा जिल्लामा गत आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताबापत २६ करोडभन्दा बढी रकम वितरण गरेको छ ।
ज्येष्ठ नागरिक, एकल महिला, पूर्ण अशक्त अपाङ्गता भएका, आङ्शिक अशक्त अपाङ्गता भएका, लोपोन्मुख आदिवासी जनजाति, दलित बालबालिकालगायत ५२ हजार ७८० जनालाई नौवटा शीर्षकअन्तर्गत २६ करोड ७२ लाख ४२ हजार ९०० रुपैयाँ वितरण गरेको जिल्ला विकास समितिले जनाएको छ । रासस
|




