पावेल बाहिरिए



लन्डन , श्रावण २६ - पूर्व कीर्तिमानी असाफा पावेललाई ग्रोइन इज्युरीले सताएको छ । त्यसैले उनी ४ गुणा १ सय मिटर रिलेमा जमैकाको टिममा हुने छैनन् । २९ वर्षीय उनलाई १ सय मिटरको फाइनल चरणमा आइतबार समस्या देखिएको थियो । त्यसमा उनी अन्तिम स्थानमा रहे । 'जमैकाको टिमले मेरो अनुपस्थितिमा पनि उत्कृष्ट प्रदर्शन गर्नेमा ढुक्क छु,' पावेलले टि्वट गरेका छन् । उनी र युसेन बोल्टसहित चारजनाको जमैकन टिमले बेइजिङ ओलम्पिक मा विश्व कीर्तिमान बनाउँदै स्वर्ण जितेको थियो । त्यसयता उनीहरूले स्पि्रन्टमा निरन्तर उत्कृष्ट नतिजा निकाल्दै आएका छन् । सन् २००९ मा बर्लिन र २०११ मा दाएगु, दक्षिण कोरियामा भएको वल्र्ड च्याम्पियनसिपमा पनि स्वर्ण जितेका थिए । बर्लिनमा ३७ दशमलव ०४ को विश्व कीर्तिमान पनि बनाएका थिए ।
कोभेन्ट्री- मिडफिल्डर डायना मेथसनले इन्जुरी समयमा गोल गरेपछि क्यानडाले बिहीबार लन्डन ओलम्पिक को महिला फुटबलमा कांस्य जितेको छ ।