हाँसो उठाउने रोचक तस्वीर (फोटो फिचर)

तपाइँ संसारकै एक नम्बर फोटोग्राफर किन नहुनुहोस् तर यदि ठीक ठाउँ र ठीक समयमा तस्वीर लिन सक्नुभएन भने तपाइँको तस्वीरले कुनै माने राख्न सक्दैन वा तपाइँको तस्वीरलाई अरुले खिचेको तस्वीरले फ्लप पारिदिन्छ । कहिलेकाहीँ यस्तो भैदिन सक्छ की तपाइँले निकै महंगो क्यामराबाट खिचेको तस्वीरलाई यसो सामान्य मोबाइल फोनको क्यामराले खिचेको तस्वीरले माथ दिनसक्छ । कहिलेकाहीँ कस्तो पनि भैदिन्छ भने फोटो खिच्नेलाई थाहै नभैकन त्यस्तो दृश्य क्यामरामा कैद भएको हुन्छ जुन अद्धितिय हुन्छ र अरु कसैले पनि त्यसलाई देख्न सकिरहेका हुँदैनन् । फोटो खिच्नेले पनि घरमा आएर कम्प्युटरमा तस्वीरहरु ट्रान्सफर गरेर हेरेपछि
त्यसकारण राम्रो तस्वीर खिच्ने भन्ने कुरा केवल सीपको कुरामात्र होइन संयोगको कुरा पनि हो । त्यस्तै संयोग मिल्दा कहिलेकाहीँ सामान्य फोटोग्राफरले पनि घघडान फोटोग्राफरले क्यामरामा कैद गर्न नसकेका दृश्यलाई समेट्न सक्छ । यहाँ केही त्यस्ता तस्वीरहरु छन् जसमा यस्तै संयोग मिलेको छ । अर्थात् ठीक ठाउँ तथा ठीक समयमा क्यामरा क्लिक्क गर्न भ्याएको छ । यसो हुँदा निकै हाँसो उठ्ने फरक दृश्य कैद गर्न क्यामराम्यान सफल भएको छ ।
 
-एजेन्सीको सहयोगमा
मात्र त्यस कुराको भेउ पाउँछ ।

-ekantipur