म्युजिक भिडियोमा यस्तो देखियो…..-फोटो फिचर)
![]() |
-onlinekhabar
चलचित्र ‘मेरो जिवन साथी’ मा राजेश हमाल र सुष्मा कार्कीलाई ग्ल्यामर अवतारमा उतारेका निर्देशक दिवाकर भट्टराईले म्युजिक भिडियोमा पनि यो क्रमलाई दोहोर्याएका छन् । तर भिडियोमा राजेश र सुष्मा नभई मोडल तथा नायिका पि्रयंका कार्की र पत्रकार सुमन गैरेलाई देख्न सकिन्छ ।
नायिका कार्कीले थुप्रै भिडियोमा अभिनय गरीसकेकी छिन् । सुमनको यो तेश्रो म्युजिक भिडियो हो ।गायत्री थापाले बजारमा ल्याउन लागेको ‘माया’ एल्बममा समावेश ‘किन दियौ मन फिर्ता लाने हो भन’े वोलको गीतको भिडियोमा सुमन र पि्रयंकाले अभिनय गरेका हुन् ।
राजकुमार बगरको संगीतमा तयार भएको गीतमा गायत्री थापाको शब्द रहेको छ । गीतमा अञ्जु पन्तले आवाज भरेकी छिन् । भिडियोको छायांकन नुतन स्टुडियो र त्रिभुवन विमानस्थल वरपर गरीएको छ । भिडियोलाई रामेश्वर कार्कीले छायांकन गरेका हुन् । भिडियोमा पि्रयंका र सुमनको रोमान्स हेर्न सकिन्छ ।




![]() |