योगले घटाउँछ गर्भावस्थाको डिप्रेसन
|
काठमाडौ, भाद्र २ - गर्भवतीहरूले गर्हौं खालका काम गर्न नहुने भए पनि हलुका शारीरिक गतिविधिले फाइदै गर्छ । नियमित योग गर्नाले गर्भवतीमा डिप्रेसन (अवसाद) को खतरा कम हुन्छ । सरल योगाभ्यासले आमालाई गर्भस्थ शिशुसँग आफू जोडिएको अनुभूति गर्न सघाउने हालैको अध्ययनमा देखिएको छ ।
मिसिगन विश्वविद्यालयका अनुसन्धाताहरूले गरेको उक्त अध्ययनमा के दाबी गरिएको छ भने, अनुसार गर्भावस्थामा शरीरमा उत्पन्न हुने हार्मोनले सम्भावित आमालाई निरुत्साहित पार्छ । यो कारणले प्रत्येक पाँच गर्भवतीमध्ये एक गम्भीर डिप्रेसनलले आक्रान्त हुने जोखिम रहन्छ ।
गर्भावस्थामा सबैजसो महिलामा मनोवैज्ञानिक असर देखिने खतरा बढी हुन्छ । तर जो महिला गर्भावस्थाको १० सातासम्म मन लगाएर योग गर्ने गर्छन्, तिनमा डिप्रेसनको स्तरमा महत्त्वपूर्ण कमी आउँछ ।
त्यसैले उक्त अध्ययनले गर्भवतीहरूलाई योगतर्फ आकषिर्त हुन सुझाव दिएको छ । डिप्रेसनको समस्यामा परेका गर्भवतीहरूले औषधि उपचारमा अलमलिनुको सट्टा योगको सहारा लिए बढी फाइदाजनक हुन्छ ।
मद्यसेवी महिला र सन्तानको विकास
गर्भावस्थाका बेला महिलाको खानपान र आचरणले शिशुलाई समेत प्रभाव वा असर पुर्याइरहेको हुन्छ । राम्रो खानपान वा व्यवहार भए शिशुमा राम्रै प्रभाव पर्छ, त्यसमा तलमाथि परे असर पर्छ । त्यसैले यस्तो बेला गर्भवतीको मनमौजी चल्नु हुँदैन । हालै गरिएको अध्ययनमा, मद्यपान गर्ने महिलाको गर्भेसन्तानको शारीरिक विकासमा उल्लेखनीय मात्रामा कमी हुने देखिएको छ ।
हार्वर्ड मेडिकल स्कुलका वैज्ञानिकहरूले गरेको उक्त अध्ययन अनुसार, प्रतिदिन तीन युनिटसम्म मद्यपान गर्ने महिलाको सन्तानको विकास अल्कोहल कम मात्रामा लिने वा लिँदै नलिने महिलाको सन्तानको तुलनामा कम हुन्छ । गर्भावस्थामा गरिएको मद्यपानको असर बालबालिका जन्मिसकेपछि पनि तिनको शारीरिक मानसिक विकासमा परिरहन्छ ।
उक्त अनुसन्धानका लागि, दिनहुँ न्यूनतम दुई सय पचास मिलि मद्यपान गर्ने ८५ जना गर्भवतीको समूहमा यो परीक्षण गरिएको
थियो । मद्यसेवी गर्भवतीहरूको समूहको तथ्यांकलाई अल्कोहलको प्रयोग नगर्ने वा निकै कम गर्ने ६३ अन्य गर्भवतीको समूहको नतिजासँग भिडाइएको थियो । यो अध्ययनमा मद्यसेवी महिलाको गर्भको विकासमा प्रत्यक्ष हानि पुग्ने देखियो । डा. रोबर्ट कार्टरका अनुसार, मद्यसेवी महिलाका शिशुको तौल, लम्बाइ र टाउको आकारप्रकार असामान्य हुन्छ ।
प्रकाशित मिति: २०६९ भाद्र २ ०९:१२
-ekantipur