प्रिन्सिपल र लेखापालका हत्यारा अझै पहिचान भएन
![]() |
भक्तपुर, श्रावण १७ - विद्यालयका प्रिन्सिपल र लेखापालको हत्यामा संलग्नको अझै पहिचान खुल्न सकेको छैन । सोमबार साझ ताथली ८को चुनदेवीमा कमलविनायकको नियोलोजियन स्कूलका नियोलोजियन एकेडेमीका प्रिन्सिपल सुजन पौडेल र लेखापाल विद्यालक्ष्मी साखकर्मीको हत्या भएको थियो ।
घटनाको छानविन गर्न महानगरीय प्रहरी परिसर भक्तपुरले डिएसपीको नेतृत्वमा छानविन टोली बनाएको छ । 'डिएसपीको कमाण्डमा खटिएका प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ,'परिसरका एसपी नारायणसिंह खडकाले भने,'यही कारणले उनीहरुको हत्या भएको भन्ने सक्ने अवस्था छैन । कसले किन उनीहरुको हत्या गरायो अझै खुल्न सकेको छैन ।'
छानविनको क्रममा शंकास्पद व्यक्तिलाई सोधपुछका लागि ल्याउदै छाडने खडकाले बताए । 'शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडने गरेका छौ, यो क्रम जारी छ,'उनले भने । उनीहरुको हत्याको कारण प्रेम सम्बन्ध, विद्यालयका व्यवस्थापक बीच बिबाद र रिसिइबीले हुन सक्ने भन्दै प्रहरीले त्यही अनुसार अनुसन्धान अघि बढाएको छ । अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालयको टोली पनि खटिएका छन् । विद्यालयको पठन पाठन बुधबार पनि भएन ।
![]() |