मदागास्करमा अलपत्र नेपाली फर्कने
![]() |
काठमाडौं , श्रावण १७ - चार महिनादेखि अफ्रिकी टापु मदागास्करमा अलपत्र २४ जना नेपाली परराष्ट्र मन्त्रालयको उद्धार सहयोगमा एक सातामा घर फिर्ने भएका छन् ।
मदागास्कर टापुसँग नेपालको कुनै कूटनीतिक सम्पर्क नरहेकाले अफ्रिकाको प्रिटोरियास्थित नेपाली दूतावासका काउन्सलर भरत रेग्मीलाई उद्धारमा खटाइने भएको छ । प्रिटोरियास्थित राजदूत अरुण धितालका अनुसार अलपत्र नेपालीको ट्राभल डकुमेन्टको व्यवस्थासहित आइतबार काउन्सलर रेग्मी मदागास्कर जाने भएका छन् । 'अबको सातामा उद्धार गर्न सकिने सम्भावना देखिएको छ,' राजदूत धितालले कान्तिपुरसँग भने ।
![]() |