इराकमा १२ नेपाली मारिएको ८ बर्ष पुग्यो
![]() |
१६ भदौ, काठमाण्डौ । रोजगारीका लागि इराक
पुगेका १२ नेपालीको बर्बरतापूर्वक हत्या भएको आज आठ वर्ष पुरा भएको छ ।
कामका लागि इराक गएका नेपालीको २०६१ साल भदौ १६ गते आजैका दिन सुन्नी
आतंकवादी समूहले घाँटी रेटी विभत्स हत्या गरेको थियो ।
आतंकवादी समूहले खोटाङ काहुलेका
ज्ञानेन्द्र श्रेष्ठ, गोरखा बक्राङका जितबहादुर थापा, धनकुटा हात्तिखर्कका
मंगलबहादुर लिम्बु, रोल्पा कुरेलीका छोकबहादुर थापा, ललितपुर लेलेका रमेश
खड्का, धनुषा हकलाजिनका मनोजकुमार ठाकुर, महेन्द्रनगर सखुवाका बुधनकुमार
साह, धनुषा मानसिंहपट्टीका सञ्जयकुमार ठाकुर, झापा तोपगाछीका प्रकाश
अधिकारी, खोटाङ चिसापानीका राजेन्द्रकुमार श्रेष्ठ, धनुषा हरिहरिपुरका ललन
सिंह कोइरी र लमजुङ भोटेओेढारका विष्णुँहरि थापाको हत्या गरेको थियो ।
त्यसयता सरकारले रोजगारीका लागि इराक जान
लगाएको प्रतिबन्ध अझै फुकुवा गरेको छैन । यद्यपि, वैदेशिक रोगजार
व्यवसायीले अवैध रुपमा नेपाली युवालाई कामका लागि इराक पठाउन छाडेका छैनन् ।
इराकमा हाल कानुनी र गैरकानुनी रुपले करिब ७० हजार नेपाली मजदुर कार्यरत
छन् ।
ब्यबसायीले कालो दिवस मनाउँदै
यसैबीच वैदेशिक रोजगार व्यवसायीले आजको
दिनलाई कालो दिवसका रुपमा मनाउँदै छन् । इराक घटनामा वैदेशिक रोजगार
व्यवसायी पनि दोषी रहेको भन्दै आक्रोशित भीडले सयौं म्यानपावर कम्पनीमा
आगजनी र तोडफोड गरेको विरोधमा व्यवसायीले आजका दिन हरेक वर्ष कालो दिवस
मनाउँदै आएका छन् । आज एक दिन म्यानपावर बन्द गर्नुका साथै कार्यालयमा कालो
झण्डा राख्ने तथा विज्ञापन प्रकाशन/प्रसारण नगर्ने वैदेशिक रोगजार
व्यवसायी संघले जनाएको छ ।
![]() |