ब्वायफ्रेन्डसँग बर्थ'डे मनाउँदै ऋचा
![]() |
काठमाडौं, साउन २ (नागरिक)- अभिनेत्री ऋचा शर्मा आफ्नो जन्मदिनको केक पहिला आफैं खाइन्। उनकी दिदीले अनुहारमा केक पोतिदिने प्रयास गरेपनि उनले अनुमति दिइनन्। आफ्नी आमालाई केक खुवाएको केहीबेरमै अभिनेता विनय श्रेष्ठले उनलाई केक खुवाइदिए र भने,' ह्यापी बर्थ डे टु यू' यो कुनै फिल्मको दृश्य नभएर अभिनेत्री ऋचा शर्माको जन्मदिनको झलक थियो।
सोमबार परिवार र निकट साथीको जमघटबीच उनले आफ्नो २५औं जन्मदिन मनाएकी छन्। तिथिअनुसार उनको जन्मदिन साउन ६ मा पर्छ। औपचारिकरूपमा उनले सधैं साउन १ मै जन्मदिन मनाउने गरेकी छिन्। जमघट कार्यक्रममा निर्देशक छिरिङ रितार शेर्पा, निश्चल बस्नेत, प्रचण्डमान श्रेष्ठ, सौगात मल्ल, नकिम उद्दिन र दीपक बिष्ट लगायतको उपस्थिति थियो। उनीद्धारा अभिनित 'हाइवे' रिलिज हुने क्रममा छ।

बिहानैदेखि फिल्मको कामलाई छाडेर उनी घरनजिकैको मन्दिरमा गएर पूजाआजामा सहभागी भइन्। 'फिल्मको कामबाट ब्रेक लिएर जमघट गर्नुपर्यो भनेर जन्मदिन मनाएकी हुँ।, पारिवार र साथीहरूको जमघटकै लागि भए पनि जन्मदिन मनाउँछु,' उनले भनिन्।
आफूले नै निर्माण गरेको फिल्म 'भिजा गर्ल' दसैंको अवसरमा रिलिज गर्ने तयारीमा छिन् उनी। जन्मदिन मनाइरहँदासमेत उनलाई 'भिजा गर्ल'को तनावले पिछा छाडेको छैन। 'बिहानैदेखि शुभकामना दिनेको ओइरो छ। मोबाइलमा सन्देश धेरै भएर डिलिट गर्नुपर्नेसम्म भएको छ,' उनी भनिन्।