प्रमुख गतिरोधक माओवादी
![]() |

काठमाडौं, साउन २ (नागरिक)- राजनीतिक गतिरोध कायमै रहनुमा एकीकृत माओवादी प्रमुख जिम्मेवार रहेको सर्वेक्षणले देखाएको छ। नागरिकन्युजले गरेको अनलाइन सर्वेक्षणमा सहभागीमध्ये ५२ प्रतिशतले राजनीतिक गतिरोधमा माओवादी जिम्मेवार रहेको देखायो। सहभागीमध्ये २५ प्रतिशतले कांग्रेस-एमालेका कारण र २० प्रतिशतले मधेसवादी दलका कारण गतिरोध कायम रहेको जनाए। राष्ट्रपतिका कारण समस्या नसुल्टेको बताउने तीन प्रतिशतमात्रै रहे।
सरकारको पूर्ण बजेट ल्याउने प्रयास विफल भएपछि राष्ट्रपतिको भूमिकामाथि विभिन्नखाले अड्कल सुरु भएका छन्। त्यही आधारमा राष्ट्रपतिको 'रोल' के हुन्छ भनेर सोधिएको थियो। राष्ट्रपतिले कार्यकारी अधिकार लिन्छन् भन्नेमा १३ प्रतिशतले मात्र मत दिए। राष्ट्रपतिले सहमतिको प्रयासलाई नै निरन्तरता दिनेछन् भन्ने ६५ प्रतिशत रहे। उनी 'चुपचाप रहने' मा ११ प्रतिशतले र त्यति नै प्रतिशतले 'भन्न नसकिने' मत दिए।
राष्ट्रपति सक्रिय भइहाले भने उनलाई कसले साथ दिन्छ भनी सोधिएको प्रश्नमा ६४ प्रतिशतले एमाले-कांग्रेस-वैद्य माओवादीले साथ दिने जनाए। १६ प्रतिशतले नेपाली सेना र १७ प्रतिशतले कसैले पनि साथ नदिने उल्लेख गरे। विदेशी शक्तिले राष्ट्रपतिलाई साथ दिनेमा तीन प्रतिशतको मत पर्यो।
राष्ट्रपतिका प्राथमिकताबारे गरिएको प्रश्नमा संविधान निर्माण र सरकार फेर्नुपर्नेमा बराबर ३६-३६ प्रतिशत मत पर्यो। राष्ट्रपतिले आफ्नो भूमिका बढाउनुपर्छ भन्ने १७ प्रतिशत थिए भने बजेटमा उनको चासोमा मत दिने ११ प्रतिशत।
राजनीतिक संवादकै लागि पनि विपक्षी दलहरुले प्रधानमन्त्रीबाट बाबुराम भट्टराईको राजीनामा आउनुपर्ने माग राख्दै आएका छन्। यसैलाई आधार मानेर अबको सरकार कसको नेतृत्वमा हुनेछ भन्ने प्रश्न गरिएको थियो। सहभागीमध्ये ६२ प्रतिशतले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्नेमा मत दिएका छन्। माओवादी नेतृत्वमा सरकार बन्नेमा १४ र एमाले नेतृत्वमा सरकार बन्नेमा मत दिने नौ प्रतिशत थिए। गैरदलीय सरकार बन्नेमा भने १५ प्रतिशतले मत दिए।
राजनीतिक दलबीच संविधान निर्माणमा सहमति जुट्नुको विकल्प छैन। यही सन्दर्भमा दलबीच हुनसक्ने सम्भावनाबारे पनि प्रश्न गरिएको थियो। सहभागीमध्ये धेरै अर्थात् ४३ प्रतिशतले आयोगबाट संविधान बनाउन दलहरु सहमत हुनेमा मत दिए। संविधान सभा पुनर्स्थापना गर्न सहमत हुनेमा ३४ र संसदमात्र पुनर्स्थापना हुने सहमतिमा ११ प्रतिशतले मत दिए। नेकपा-माओवादीले माग गर्दै आएको गोलमेच सम्मेलनमा सहमति हुनेमा १२ प्रतिशतले समर्थन जनाए।
सहमति बनाउन ठूलो दलका नेताका हैसियतले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको भूमिकाबारे प्रश्न गरिएको थियो। दाहालले बाबुरामलाई प्रधानमन्त्रीबाट हटाउँछन् भन्नेमा १७ प्रतिशतले मत दिए भने २५ प्रतिशतले दाहालले अरु दलको नेतृत्व स्विकार्छन् भन्नेमा मत दिए। दाहाल आफैं प्रधानमन्त्री बन्नेमा कमैलाई विश्वास छ। सहभागीमध्ये ६ प्रतिशतले मात्र त्यस्तो मत दिए। दाहाल राजनीतिको अर्को खेलमा लाग्छन् भन्नेमा भने ५२ प्रतिशत।