भए भरका कामकाज हरु थाति राखि आए

भए भरका कामकाज हरु थाति राखि आए/
तिम्लाइ भेट्न मुखको गास बाकि राखि आए/

तिमिबिना तड्पीएर पर्खि बसे सानु/
कस्ति भैछ्यौ हेर्न भनि डाडै काटि आए/

तिम्रा यादमा हररात रोइ बसे सानु/
चंद्र जस्तो मुहार हेर्न श्वासै रोकि आए/

पानि बिना माछि जस्तै तड्पीएथे सानु/
तिमि आको खबर सुनि सागर तरि आए/

भए भरका कामकाज हरु थाति राखि आए/
तिम्लाइ भेट्न पस्केको गास बाकि राखि आए/

दीपक प्रताप थापा/
लम्जुंग,हाल अबुधाबि/
by------------------------------------------------Deepak Pratap Thapa