हंगामाको तयारी



चलचित्र दुलहीमा सोझी युवतीका रूपमा देखा पर्ने सुमिना घिमिरे अब भने आफ्नो विगतको छविविपरीत हंगामा गर्ने तयारीमा छिन्। सुमिनाको आगामी चलचित्र हो- नाइन ओ क्लक, जसमा उनले खुलेर अंग प्रदर्शन गरेको बताइँदैछ। दुलहीका रूपमा घरेलु युवतीको छविलाई  सुमिनाले निरन्तता दिन्छिन् भन्ने सोचविपरीतको यो चलचित्रका नायक भने ध्रुव दत्त हुन। सुमिना ग्ल्यामरस रूपमा प्रस्तुत हुने यो चलचित्रका  निर्देशक बाबुराम ढकालका अनुसार चलचित्रको छायांकन अन्तिम चरणमा छ।