यो दिलमा उस्को बस्ने घर थियो हिजो सम्म!






यो दिलमा उस्को बस्ने घर थियो हिजो सम्म!
त्यसैले त उस्मा मेरो भर थियो हिजो सम्म!

सानो-सानो कुराले नि चित्त दुखि आपसमा
मन् मुटाब होला भन्ने डर थियो हिजो सम्म!!

कैले काहीं मन भित्र अतिबृश्टि हुने बेला
ओत दिन सक्ने महान् खर थियो हिजो सम्म!!

सपनाका भब्य महल् सजाउँदा मन्मा हाम्ले
भविष्यको बारे सोच्ने कर थियो हिजो सम्म!!

सर्वस्व नै सुम्पिएर पुज्ने बेला उ नै मेरो
जिन्दगिको पहिचान थर थियो हिजो सम्म!!

समयको छाल संगै बदलिएर मात्रै नत्र
म पिपलु उ त मेरो वर थियो हिजो सम्म!!

Asmi Gm