टिनएजर्समा बढ्दो सेक्सटिङ
|
अधिकांश युवायुवती 'सेक्सटिङ' मन पर्दैन भन्छन्, तर पनि करिब ३० प्रतिशत युवायुवती कुनै न कुनै प्रकारले आफ्ना निर्वस्त्र तस्बिर अरू मानिसलाई पठाउँछन्। यो अमेरिकाको टेक्सासमा गरिएको एक अध्ययनको नतिजा हो, जसमा त्यहाँका १४ देखि १९ वर्षका करिब १ हजार युवा-युवती सहभागी थिए। अध्ययनबाट उक्त उमेरका करिब २८ प्रतिशत युवाले आफ्नो निर्वस्त्र तस्बिर इलेक्ट्रोनिक माध्यमबाट अर्को मानिसलाई पठाएको बताएका छन्। अध्ययनको नतिजा 'आर्काइब्ज अफ पिडियाटि्रक्स एन्ड एडोलसेन्ट मेडिसिन' जर्नलमा प्रकाशित गरिएको छ। जर्नलमा यस्ता युवायुवती यौन गतिविधिमा सक्रिय हुनसक्ने आशंका धेरै हुन्छ भनिएको छ। युवतीहरूमा 'सेक्सटिङ' बाट असामान्य यौ नव्यवहार जस्तै यौनक्रियाअघि लागूपदार्थ वा अल्कोहल सेवन गर्ने वा एकभन्दा बढी यौनसाथी राख्ने खतरा हुन्छ। आफ्नो निर्वस्त्र तस्बिर खिचेर अरूलाई पठाउनुलाई नै सेक्सटिङ भनिन्छ।
|




