कविता



गुम्सिएका मनका कुरा तिमीलार्इ भन्नु थियो ।
डायरीका कथाहरू तिमी सामु खोल्नु थियो ।।


वैस फूल्ने जवानीलार्इ अन्तै तिम्ले सारी गयैा ।
साउनको भेल उदा पारी जंघार तरी गयैा ।।

मन भरी वेदना छन् कहाँ गर्इ फुकाउँ अब ।
भिजेका यी परेलीलार्इ कहाँ गर्इ सुकाउँ अब ।।

अर्ध जीवित जीवन यो तिम्रै यादमा रोर्इ दिन्छ ।
मिठो बात र घात सम्झि मित्री मुटु जलि दिन्छ ।।

मनका सारा इच्छाहरू तिमी सँगै मेट्नु थियो ।
टुटे फुटे सपना यो जिन्दगी यो अधुरो भो ।।

Pabitra Rai