००>> सुत्दा सास फेर्न गार्‍हो ?


सुत्दा सास फेर्न गार्‍हो अनुभव हुनेहरूमा डिप्रेसनको जोखिम बढ्न सक्छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सन -सीडीसी) का अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा यो तथ्य पत्ता लागेको हो ।
'स्लिप' जर्नलमा प्रकाशित यो अध्ययन अनुसार, निदाएको बेला सास फेर्ने समस्या पुरुषको दाँजोमा महिलाहरूलाई बढी हुने गरेको छ । निदाएको बेला सास अडकनु, हलुको सास फेर्नु वा घुर्नु जस्ता लक्षणहरू भविष्यप्रति आशावादी नहुने, विफलताको भावनाले डेरा जमाउने डिप्रेसनसँग सम्बन्धित हुन्छ ।
अध्ययनकर्ताहरू राष्ट्रिय स्वास्थ्य एवं पोषण जाँच परीक्षणमा सहभागी भएका ९ हजार ७ सय १४ प्रौढ महिला पुरुषमाथि अध्ययन गरेर यो निष्कर्षमा पुगेका हुन् । अध्ययनताका सहभागीहरूको  उमेर, तौल र लिंगलाई पनि ध्यान दिइएको थियो ।
अध्ययनमा के पाइयो भने, 'स्लिप एपेनिया' भनिने निद्राको बेला सास रोकिने यो समस्याबाट पुरुषको दाँजोमा महिलाहरूलाई डिप्रेसन ग्रस्त हुने जोखिम बढी हुन्छ ।
यसअघि गरिएका यस्तै अध्ययनहरूमा सासको समस्या र पाको उमेरबीच डिप्रेसनको सम्बन्ध पाइएको थियो । यस्तै, यसअघि गरिएको अर्को अध्ययनममा स्लिप एपेनियाको उपचार गराउनेहरूमा डिप्रेसनको समस्यामा सुधार देखिएको थियो ।
अनुसन्धान अनुसार, मानसिक स्वास्थ्यका चिकित्सकहरूले बिरामीलाई प्रायः समान प्रश्न गर्ने गर्छन्: निद्रा कसरी लाग्ने गरेको छ ? उठेपछि शरीर चंगा हुने गरेको छ कि छैन ? तर उनीहरू निद्राको बेला सास फेर्ने समस्याको प्रभाव रोगीको मानसिक स्वास्थ्यमा पर्नेबारे चनाखो भइरहेका हुँदैनन् । 
सधैं एकै समय उठौं राति राम्ररी सुत्न नपाएकाले बिहान ढिलोसम्म सुत्न अलार्म घडीको स्नुज बटन थिच्नुपर्ने स्थितिले सम्बन्धित व्यक्तिलाई झन् समस्यामा पार्न सक्छ ।
लाफ वोर्फ विश्वविद्यालयमा दुई वर्षसम्म गरिएको उक्त अनुसन्धान अनुसार, यो अभ्यासले शरीरको प्राकृतिक घडीको नैसर्गिक लयलाई बिगार्छ र समस्या बढाउँछ । एक हजारभन्दा बढी व्यक्तिमा गरिएको अनुसन्धान अनुसार, अलिकति पनि सुत्न नसक्ने अनिद्राका रोगीहरूले बिहानभरि निद्रा कुर्नुको साटो एउटै समयमा उठ्नु राम्रो हुन्छ । थप केही घन्टा सुत्नका लागि ओल्टेकोल्टे फेरिरहनुको सट्टा दिनहुँ एउटै समयमा उठ्ने गर्नुपर्छ । अध्ययन अनुसार, अनिद्राले ग्रस्त व्यक्तिहरू आपmना सामान्य सहकर्मीहरूको तुलनामा काम गर्न १० प्रतिशत कम सक्षम हुन्छन् ।