एक्ली एलिजा
|
'फेसन' सम्बन्धी कोर्स गरेकी एलिजा बस्नेत मोडलको पहिचान बनाउँदैछिन्। विराटनगर घर भएकी एलिजा जिरो फिगर शारीरिक बनावटका कारण आकर्षक देखिन्छिन्। उनमा आफ्नो शारीरिक बनौट अझै निखार्दै लाने चाहना पनि छ। एलिजा भन्छिन्- 'शरीरलाई फिट राख्नु मो डलको पहिलो कर्तव्य हो।' गायक समीर विकको गीतको म्युजिक भिडियोबाट मोडलिङमा 'डेव्यु' गरेकी हुन् उनले। त्यसयता मनीष पोख्रेलको 'सायद' र नवक्रान्ति ब्यान्डको गीतलगायत एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा मजैले जमेकी छिन् एलिजा। उनी फुर्सदमा साथीभाइसँग भेटघाट गर्ने र एक्लै हुँदा गीत संगीत सुन्ने काम गर्छिन्। आफू कसैसँग 'डिप लभ'मा नपरेको बताउने एलिजा प्रेम प्रस्ताव कत्तिका आउँछ नि ? भन्ने प्रश्नको उत्तरमा भन्छिन्- 'त्यो त मलाई मात्र होइन, हरयुवतीलाई आइहाल्छ नि, प्रस्ताव गर्नेहरूलाई हाँसेर उडाइदिन्छु।'
|




