८-१० हजारले भन्दैमा राजतन्त्र फर्कदैनः कटवाल

सागरराज तिमिल्सिना
७ साउन, पोखरा । पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवालले आठ-दश हजारले ‘राजा आऊ, देश बचाऊ’ भन्दैमा राजतन्त्र नर्फकने बताउनु भएको छ । पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्र शाह सक्रिय हुन खोजेको भन्दै उहाँले राजतन्त्र अहिले नै र्फकने अवस्थामा नभएको बताउनु भयो ।

आइतबार पोखरा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्रधानसेनापति कटवालले २०४६ साल र २०६२/०६३ को आन्दोलनमा जसरी जनता सडकमा आए मात्र राजतन्त्र फर्किने सक्ने बताउनु भयो ।
उहाँले देशको राजनितिक अस्थिरता अहिलेकै अवस्था रहेमा नेपाली सेना चुप लाग्न नहुने समेत बताउनुभयो । नेपाली सेना जनताको सेना भएका कारण नेताको बेथिति हेरेर नबस्ने उहाँको जिकिर थियो ।
नयाँ दल खोलेर राजनीतिमा आउने चर्चा छनी भनि पत्रकारको प्रश्नमा पूर्व प्रधानसेनापति कटवालले नेपालमा धेरै दलहरु भएका कारण आफू नयाँ दल खोल्ने पक्षमा नभएको बताउनु भयो ।

source-onlinekhabar