कता गए रेखाका छोटा कपडा ?

विजय आवाज
नायिका रेखा थापा अहिले जीवन साथीको खोजीमा छिन् । वास्तबिक जिवनमा समेत जीवन साथी नै खोजीरहेको खवर आईरहेका बेला नायिका थापाले एक चलचित्रमा पनि यस्तै भुमिकामा अभिनय गरेकी छिन् । भदौमा रिलीज डेट तोकेर अन्तिम समयमा सारिएको चलचित्र ‘मेरो जीवन साथी’मा उनले जिवन साथीको खोजी गरेकी हुन् । अन्य सिनेमामा भन्दा रेखा यो सिनेमामा केही फरक भूमिकामा देखिएकी छिन् ।

छोटा कपडा लगाएर अंग प्रदर्शन गर्न माहिर मानिएकी रेखालाई यो सिनेमा भित्र भने साधारण गाउँले युवतीको भुमिकामा देख्न पाइनेछ । दिवाकर भट्टराईको निर्देशनमा तयार भएको चलचित्र ‘मेरो जिवन साथी’मा नायिका सुष्मा कार्कीले हट दृश्य दिएकी छिन् भने रेखा साधारण भुमिकामा रहेकी छिन् । यो चलचित्र अव मंसिर महिनामा मात्र रिलीजमा आउने वताइएको छ । चलचित्रभित्र रेखाका अलवा राजेश हमाल, रेश महरठ्ठा, रागीनी खड्गी, सुष्मा कार्की लगायतका कलाकारको अभिनय रहेकेा छ ।
छोटा कपडा लगाएर हलमा दर्शकको राम्रै सिट्ठी पाउने रेखाले चलचित्र ईशारामा पनि आफ्नो भुमिकालाई केही फरक वनाएको देख्न सकिन्छ । सविर श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्र भदौको ८ गतेवाट रिलीजमा आउने वताईएको छ । चलचित्रमा नायिका थापा वकिलको भुमिकामा रहेकी छिन् । वकिलले लगाउने कालो पहिरनमा सजिएकी रेखालाई पर्दामा हेर्दा भिन्न लाग्ने निर्देशक श्रेष्ठले वताएका छन् । नायिका रेखा थापा चलचित्र ‘रावण’मा पनि सीताको भुमिकामा रहेकी थिईन् । जहाँ, उनको अंग र ग्ल्यामर हेर्न पाईएको थिएन ।
यस्तै, श्याम भट्टराईको निर्देशनमा तयार भएको चलचित्र लंकामा पनि रेखाको भुमिका फरक छ । प्रहरीको भुमिका देखिएकी रेखाले यसमा पनि आफ्नो छोटा कपडा लगाएकी छैनन् । अधिकांश सिनेमा भित्र अंगप्रदर्शन गर्न माहिर मानिएकी यि नायिकाले अव आफ्नो छोटा कपडा थन्काएर भुमिका र गेटअपलाई परिवर्तन गरेको अड्कल काट्न सकिन्छ । तर सार्वजनिक कार्यक्रममा भने रेखाले आफ्नो छोटो कपडा लगाउने वानी छोडेकी छैनन् ।

source-onlinekhabar