सुन र चाँदीको मुल्य स्थिर



काठमाडौ, श्रावण ७ - स्थानीय बजारमा यस साता सुनको मुल्यमा सामान्य उतारचढाव आएको छ । आइतबार प्रतितोला सुनको मुल्य ५५ हजार ७ सय (दश ग्राममा ४७ हजार ७ सय ५५) रुपैयाँ थियो । सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार घटेर तोलामा ५५ हजार ६ सय (दशग्राममा ४७ हजार ६ सय ७०) रुपैयाँ कायम भयो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा खासै परिवर्तन नभएकाले स्थानीय बजार मुल्य पनि स्थिर भएको हेा । अन्तर्राष्ट्रिय बजारमा आइतवार प्रतिआउन्स सुनको मुल्य १ हजार ५ सय ८९ डलर थियो । शुक्रबार घटेर आउन्समा १ हजार ५ सय ८२ कायम भयो ।
स्थानीय बजारमा सोमवार प्रतिदश ग्राम सुनको मुल्य ४७ हजार ६ सय ७० रुपैया कायम भयो । मंगलबार दशग्राममा ४७ हजार ७ सय ९५ रुपैया कायम भयो । बुधवार र विहीवार सुनको प्रतिदश ग्राम मुल्य ४७ हजार ६ सय ७० कायम भएको थियो ।
यस साता चादीको मुल्यमा खासै परिवर्तन आएको छैन । सोमवार बाहेक साताका अन्य दिनमा प्रतिदश ग्राम चादीको मुख्य ८ सय ६१ रुपैया ५० पैसा कायम भएको थियो । सोमवार भने प्रतिदश ग्राम चादीको मुल्य ८ सय ५७ दशमलव ५० पैसा कायम भयो । अन्तर्राष्ट्रिय बजारमा आइतवार प्रतिआउन्स चादीको मुल्य २७ दशमलव ३३ अमेरीकी डलर रहेको थियो । शुक्रबार आउन्समा २७ दशमलव १९ डलर कायम भयो ।