ब्रिट्नीको फेसन नराम्रो



अमेरिकी मोडल तथा नायिका हि्वट्नी पोर्टले गायिका ब्रिट्नी स्पेयर्सको फेसनप्रति नकारात्मक प्रतिक्रिया दिएकी छिन्। ब्रिट्नीकी प्रशंसक पोटर् ले ब्रिट्नीको फेसन स्टाइल मन नपरेको बताउँदै आगामी दिनमा उनले त्यसमा सुधार तथा परिवर्तन गर्नुपर्ने सुझाव दिएकी छिन्। 'म उनलाई  मन पराउँछु र उनको सफलता चाहन्छु। उनी सम्भावना बोकेकी गायिका हुन्, पोर्ट भन्छिन्— 'तर उनको शैली, चाहे त्यो हेयर स्टाइल होस्  अथवा उनको मेकअप वा पहिरन, त्यसमा उनले परिवर्तन ल्याउनैपर्छ।'