राष्ट्रपतिले कुनै कदम चाल्न आवश्यक छैनः थापा

काठमाडौ, श्रावण ८ - राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले अहिलेको अवस्थामा राष्ट्रपतिबाट कुनै कदम चाल्न आवश्य नरहेको बताएका छन् । सोमबार बिहान रेडियो कान्तिपुरसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
काग्रेस, एमाले लगायतका प्रतिपक्षी दलले सरकार विघटनमा गर्न राष्ट्रपतिसँग आग्रह गरे पनि सोही गठबन्धनमा रहेका दलका अध्यक्षले भने तत्कालका लागि राष्ट्रपतिको भूमिका आवश्य नरहेको बताए ।
अध्यक्ष थापाले मुलुक अत्यन्तै खराब अवस्थापमा पुगे राष्ट्रपति मात्र नभएर हरेका नागरीक अघि सर्नु पर्ने अवस्था आउने भन्दै अहिले भने त्यस्तो अवस्था नरहेको बताए ।
उनले मुलुकको अन्योल अवस्थामा राजा ज्ञानेन्द्रले राजसंस्था फर्काउने चाहाना राखे पनि त्यो सम्भव नभएको बताए । थापाले भने, 'आफ्नो खोसिएको हक-अधिकार फिर्ता हुने चाहाना हुन सक्छ तर, त्यो अब संम्भव छैन ।'
पूर्व राजासँग भने आफ्नो भेट नभएको उनको भनाइ थियो । दलहरुबीच सहमति गरेर निर्वाचनमा जानुको विकल्प नभएको भन्दै थापाले वर्तमान सरकारको लागि कांग्रसले प्रधानमन्त्रीको उम्मेदवार सार्नु पर्ने बताए । 

source-ekantipur