स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्व पुरस्कृत
|
८ साउन, काठमाण्डौ । यस वर्षको उत्कृष्ठ चिकित्सक प्युठानका डा लेखराज सुवेदी घोषित हुनु भएको छ । स्वास्थ्य खबर पत्रिकाले आफ्नो दोस्रो वार्षीक उत्सबको अवसर पारेर वितरण गरेको हेल्थ अवार्डमा सुवेदीलाई उत्कृष्ट चिकित्सकको अवार्ड प्रदान गरेको हो । स्थापनाको दोस्रो वर्षगाँठका अवसरमा राजधानीमा आयोजना गरेको हेल्थ अवार्ड २०६९ मा स्वास्थ्य क्षेत्रका प्रमुख आठ विधामा अवार्ड प्रदान गरिएको हो ।
यसैगरी सुवेदीसहित उत्कृष्ट स्वास्थ्य पत्रकारमा नागरिक दैनिकका दीपक दाहाल, उत्कृष्ट मेडिकल कलेजतर्फ/प्रतिष्ठानमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, उत्कृष्ट औषधि उद्योगमा देउराली जनता फर्मास्युटिकल्स प्राली., उत्कृष्ट महिला स्वास्थ्य स्वयमं सेविकामा चन्द्रकलादेवि पासवान महोत्तरी, उत्कृष्ट पारामेडिकमा यशोदा ओझा अनमी, डोटि, उत्कृष्ट अस्पतालमा यूनाइटेड मिसन अस्पताल पाल्पा र उत्कृष्ट मेडिकल इन्टरप्रुनरमा प्रभुराज वैद्य यतीकेम डिष्ट्रिव्युटरलाई प्रदान गरिएको हो । अवार्ड वितरण स्वास्थ्य मन्त्री राजेन्द्र महतोले गर्नु भएको थियो ।
कार्यक्रममा विशेष अतिथि योजना आयोगका उपाध्यक्ष डा.शिबकुमार राईले प्रमाणपत्र वितरण र स्वास्थ्य सचिव डा.प्रविण मिश्रले खादा ओडाएका थिए । पत्रिकाका प्रकाशक एवं प्रधानसम्पादक अनिल न्यौपानले आगामी दिनमा पनि अवार्ड कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता गर्नु भयो । उहाँले अवार्ड कार्यक्रमको आयोजक मात्रै पत्रिका रहने र यसको छनोट लगायतका कार्यलाई पादरदर्शी र वैज्ञानिक बनाइएको बताउनुभयो ।
source-onlinekaabar
|




