खुल्ला चौरमै वेड सिन (भिडियो)

नायिका सुमिना घिमिरेले खुल्ला चौरमा वेड सिनेमा रोमान्स गरेकी छिन् । तर, उनले यो वेड सिन एक चलचित्रका लागि दिएकी हुन् । भाद्र १ गतेबाट रिलीजमा आउन लागेको चलचित्र हेल्लो प्रकृतिमा सुमिनाले वेड सिन दिएकी हुन् ।
निलो निलो आकाशमा वोलको गीतमा सुमिना र नव नायक अनिल थापाको रोमान्स हेर्न सकिन्छ । यो गीतको छायांकन मकवानपुरका विभिन्न स्थानमा निक्कै आकर्षक तवरवाट गरीएको छ । चलचित्र हेल्लो प्रकृतिलाई सुनिल पाण्डेले निर्देशन गरेका हुन् । यो गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् ।
भुपेन्द्र रायमाझीले १४ वर्षपछि संगीत दिएको चलचित्रको यो गीतमा आवाज रहेको छ । रविन भट्टराई, श्याम थापा, कमल खत्रीको निर्माण रहेको हेल्लो प्रकृतिको कार्यकारी निर्माता प्रदिप खनाल रहेका छन् ।


source -onlinekhabar