सपनीमा तिमीलाई मैले देखे झैं लाग्यो


सपनीमा तिमीलाई मैले देखे झैं लाग्यो ,
मलाई छोडी नजाउ भनि छेके झैं लाग्यो ,

चिसो-चिसो हावा संगै मनको कुरा साट्न ,
रंगीबिरंगी फूलबारीमा भेटे झैं लाग्यो ,

तिमीलाई देख्दा सपनीमा पागलनै हुँदा ,
फूल सम्झी काँडा माथि टेके झैं लाग्यो ,

हाम्रो त्यो मिलनलाई संगीतमय बनाउन ,
तिम्रो मनको सारंगी मैले रेटे झैं लाग्यो ,

सपनीको हाम्रो त्यो भेट क्षेणिक भएपनि ,
फैलेका हाम्रो बिचको दुरी मेटे झैं लाग्यो ,

सपनीमा तिमीलाई मैले देखे झैं लाग्यो ,
मलाई छोडी नजाउ भनि छेके झैं लाग्यो ,

<><><><><><><><><>
सुनिल भाई