तपाईंको आजको राशिफल २०६९ साल श्रावण ९ गते,मंगलबार 24-July-2012,Tue


मेष (चू चे चो ला ली लु ले लो अ)
तपाईंको अनिश्चितता र घमन्डपनले गर्दा आफ्नो भनाउदाहरुले पनि सहयोग गर्ने छैन। आज तपाईंले केही न केही बाधा-अड्चनहरुको सामना गर्नुपर्नेछ। कार्यालय वा काम्-काजी क्षेत्रमा तपाईंलाई आज निक्कै दबाब आउनेछ। 

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
ब्यापार-ब्यवसायमा आज निक्कै लभदायी देखिन्छ। तपाईंको कुरा काट्नेहरु आज तपाईंको प्रशन्सा गर्नेछन। कार्यालयमा पनि तपाईंलाई आज राम्रै हुनेदेखिन्छ। परिवारको तर्फबाट पनि शुभ खबर सुन्न पाईनेछ। 

मिथुन (का कि कु घ ङ छ के को हा)
स्वास्थ्यको बिषयमा केही सजग रहनु पर्ने देखिन्छ। खान्-पानमा ध्यान दिनु होला।ब्यवसाय मध्यम खल्को छ। परिवार सँग आजको दिन राम्रो सँग नै बित्नेछ। 

कर्कट (ही हु हे हो डा डि डु डे डो)
आज तपाईंको दिन आनन्दमय र निक्कै उत्साहितले भरिपूर्ण देखिन्छ। कुनै धार्किम कार्यक्रमको आयोजनामा सामेल हुने देखिन्छ।आज तपाईंको लागि कुनै पनि कार्य थालनी गर्नको लागि निक्कै सुभ्-साईत रहेकोछ। 

सिंह (मा मि मू मे मो टा टी टु टे)
स्वास्थ्य मध्यम खाल्को रहेकोछ। तपाईलाई आज तपाईंको अनुभव र योग्यताको प्रयोगले पूर्ण प्राप्ती आय हुनेछ। परिवार साथै मित्र-जनहरु सँगको सम्बन्ध सुमधुर सुमधुर रहनेछ। 

कन्या (टो प पी पु ष ण ठ पे मो)
स्वास्थ्यमा केही गडबडी आउनेछ। सन्तान वा परिवारको सदस्यको समस्याले चिन्तित बनाउनेछ। मान हानी हुने जस्तो देखिन्छ, बोलिचालीमा केही बिचार गर्नुहोला। 

तुला (र री रु रे रो ता ती तू ते)
अनावश्यक बिषयबस्तुले मानमा डेरा जमाउनेछ साथै मानसिक तनाब बढेर जानेछ। साझ पख स्वास्थ्य तथा पारिवारिक खुशीमा वृद्धी हुनेछ। ब्यापार-ब्यवसाय मध्यम रहनेछ। 

वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
दैनिक कार्यको अनुकुल परिस्थिती कायम हुनेहुँदा केही राहत महसुस हुनेछ। गृहस्थी जीवनको समस्याको हल हुनेछ। कार्यालयको काम्-काज तथा घरको काम प्रती लगाब बढ्नेछ। 

धनु (य यो भा भी भू ध फा ढ भे)
सन्तानमा आएको केही व्यबहारको परिवर्तनले गर्दा मन केही दुखित बनाउनेछ। तपाईं प्रतिको जिम्मेवारी साथै कामको बोझ बढ्नेछ। समय आज तपाईं भन्दा धेरै छिटोछिटो भागेको अनुभव हुनेछ। 

मकर (जो जा जी खी खू खे खो गा गी)
प्रेमी-प्रेमिका बिचको सम्बन्ध सधैं भन्दा केही उच्च रहनेछ। दाम्पत्य जीवन सुखमय बित्नुका साथै सम्बन्धमा मधुरता आउनेछ। ब्यापार-ब्याबसयबाट निक्कै लाभ हुने देखिन्छ। 

कुम्भ (गू गे गो सा सी सु से सो द)
तपाईंको साकरात्मक सोचाईले तपाईंलाई आज निक्कै लाभ गराउनुको साथै मान्-सम्मान दिलाउनेछ। लेन्-देनको बिषयमा बाद-बिबाद नगर्दा नै उचित रहनेछ। परिवारको सहयोग मिल्नुका साथै मन प्रसन्न रहनेछ। 

मीन (दि दू थ भ ञ दे दो चा ची)
तपाईंमा आज निक्कै आलस्य-पन बढ्नेछ। मनमा धेरै किसिमको नकरात्मक सोचाईहरु आउनेछ। परिवारको सदस्यहरु प्रती शंकालु दृष्‍टिले मन मुटाव हुने देखिन्छ।



आजको राशिफलले जे-जस्तो भनेपनी आज नाग पञ्चमीको दिन यहाँहरुको दिन सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ। 
नाग पञ्चमीको अवसरमा देश-बिदेशमा रहनु भएको सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा धेरै धेरै शुभकामना !!!