तपाईंको आजको राशिफल ँँँँँँँँँँँँँँँँँ २०६९ साल साउन ४ गते,बिहिबार 19-July-2012,Thus


मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
आज आफ्नो काममा निक्कै ध्यान दिनु पर्ने देखिन्छ। पुर्व कामबाट प्रशस्त लाभदायी परीणाम मिल्नेछ। कार्य समयमा नै सम्पन्न हुने हुँदा मनमा सन्तोष मिल्नेछ। ब्याबसायिक श्रेष्ठताको लाभ मिल्नेछ।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):
तपाईंलाई आज धेरै आर्थिक समस्याबाट छुट्कारा मिल्नेछ। जीवनसाथिबाट सहयोग मिल्नेछ। पराक्रम बृदि हुनेछ। समाज तथा परिवारबाट आदर मिल्नेछ। नयाँ योजनामा लाभ प्राप्तीको योग रहेकोछ। धन संकलन हुनेछ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा):
बिरोधिहरु तपाईंको काम बिगार्ने प्रयास गर्नेछन। संचयको कुरा हुनेछ। यात्रा हुन सक्नेछ। कार्यक्षेत्रमा शुभचिन्तकबाट प्रशस्त सहयोग मिल्नेछ। तर आज आफ्नो क्रोध माथि निक्कै संयम राख्नु पर्नेछ।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
सन्तानको कार्यबाट राम्रो समाचार मिल्नेछ। कुनै समस्याको हल आज तपाईंबाट सहजै हुएन्छ। कुनै नयाँ तथा राम्रो मित्रसँग भेट हुनेछ। परिवारमा शुख शान्ती बढ्नेछ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
आज तपाईंको बुद्धी तथा मेहनतले सजिलै सफलता दिलाउनेछ। ब्याबसायिक प्रतिस्पर्धाबाट भने टाढै रहनु होला। आध्यात्मिक प्रवृतिको कारण मनमा शान्ती रहनेछ। नबिन कार्यको अवसर मिल्नेछ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):
साहित्यिक रुची बढ्नेछ। सवारि साधन सावधानी पुर्वक चलाऊनु होला। आय-ब्याय बराबर रहनेछ। सुसंगतिबाट लाभ हुनेछ। अनावश्यक कार्यबाट दुर रहेर कार्य गर्नु होला।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):
आज परिवारको सदस्यलाई बिशेष ध्यान दिनु पर्नेछ। आर्थिक स्थिती राम्रो रहने हुँदा मनोबलमा बृदि हुनेछ। प्रेम सम्बन्धमा सफलता मिल्ने यो बन्नेछ। ब्यापार ब्याबसायी लाभदायी रहनेछ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
प्रबल आत्माबिश्वास तथा दृढ निश्चयबाट कठिन कार्यको हल मिल्नेछ। सवारि साधनमा आज बिशेष ध्यान दिनु पर्ने देखिन्छ, सकेसम्म यात्रा नगर्दा नै उचित देखिन्छ। आज महत्वपूर्ण तथा जिम्मेवारि पूर्ण कार्यको थालनि नगरे नै बेश हुनेछ।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):
पारिवारिक जीवनमा आएको हरेक कठिनाई दुर हुनेछ। ब्यापार ब्याबसय मध्यम रहनेछ। पढाई प्रती निक्कै रुची बढ्नेछ। तर आर्थिक हानी हुन सक्ने देखिन्छ। आमा-बुवाको स्वास्थ्यमा निक्कै ध्यान दिनु पर्ने बेला देखिन्छ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):
घरेलु उल्झनहरु तपाईंको प्रयासबाट समाप्त हुनेछ। ब्याबसायिक कार्यमा बिशेष लाभ मिल्ने सम्भावना रहेकोछ। तर आज आम्दानी भन्दा धेरै खर्च हुने देखिन्छ। कार्य ब्यस्तता बढ्नेछ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा):
कार्य क्षेत्रमा मिलेको सफलताले मन रमाउनेछ। रोजगारिको अवसर हात पर्न सक्ने प्रबल सम्भावना देखिन्छ। बैबाहिक जीवन सुखमय रहनेछ। पुरानो मित्र तथा आफन्त सँग भेटघाट हुनेछ।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):
आर्थिक स्थितिमा सुधार आउने हुँदा आत्मबिश्वास बढ्नेछ। कुनै प्रिय ब्याक्ती सँग भेट हुनेछ। मांगलिक कार्यमा बिचार  बिमर्श हुनेछ। सवारि साधन चलाऊदा बिशेष ध्यान दिनु सावधनी अपनाउनु पर्नेछ।

आजको राशिफलमा जे-जस्तो कुरा उल्लेख भएपनी आफ्नो मन मस्तिस्कबाट लगनशिल भएर कार्य गर्नुहोला, सफलता अवस्य पनी हात लाग्नेछ भन्दै आज यहाँहरुको दिन सुख शान्ती र सफलता पुर्वक बितोस भनी टिपन टापन.com परिवार हार्दिक कामना गर्दछौ ।

टिपन टापन.com परिवार