इलाम, लोटा र सहव्याख्या



नेपाली राजनीति र साहित्यको आमवृत्तमा सहव्याख्याको अस्तित्व बुभmने क्रममा मलाई यसपटक इलाम भ्रमणले अरू मद्दत गरेको छ । 'हामीले तपाईंलाई इलाममा ल्याउन चाहेको निकै भयो ।' अनि मसिनो स्वरमा नगरपालिकाको त्यही अफिसबाट मेरा मित्र गायक गणेश रसिक थप्छन्— 'आउनुपर्छ ।' म २३ भदौमा झापा पुग्छु । विराटनगरबाट कोशीका गण्डकीपुत्रको कविता विमोचन गरेर आएका कुलपति काँल्दाइ, प्रज्ञाप्रतिष्ठानका सदस्य विष्णु प्रभात र झापाका अमृत श्रेष्ठलाई धुलाबारीबाट लिएर युवक चालक निर्विकल्प लिम्बु इलामतिर घुइँकिन्छन् । बाटो चढ्दै र ओर्लिंदै गर्दा इलामका चिया बगानहरू खुल्दै जान्छन् । काँल्दाइ डाँडाकाँडा चिनाउँदै अगाडि बस्छन् । लोकराज बराल, तारानाथ शर्मा, डिल्लीराम दाहाल, झलनाथ खनाल र महानन्द सापकोटाको थलो चिनाउँछन् । करफोकमा पुगेपछि काँल्दाइ नौ सालको ऐतिहासिक साहित्य सम्मेलनको कुरा सम्झाउँछन् । नेपाली साहित्यका त्यस बेलाका सबै प्रसिध्द लेखकहरू गएको त्यो सम्मलेनको निकै चर्चा पढेको छु  ।

इलाम नगरपालिकाको एउटा कार्यालयमा प्रा. युध्दप्रसाद वैद्य र कवि, पत्रकार नगरपालिकाका विमल वैद्यबाट नागरिक समाज र नगरपालिकाले गरिआएका साहित्यिक कर्महरू विषयमा थाहा पाउँछौं । वैरागी काँल्दाइको नजिकको ठाउँ इलाम । मानिस, बजारका कुइनेटा अनि इतिहासका मोडहरू उनका संवादमा आइरहन्छन् । महानन्द सापकोटा र विष्णु नवीनका मूर्तिहरू भोलि खोल्ािनेछन् । 'विश्वेश्वरप्रसाद कोइरालाको मूर्ति पनि अनावरण गर्ने योजना थियो । सबै दलका नेताहरू आउने भएका थिए । तपाईंले बोल्नु उपयुक्त हुने थियो । तर अलिक योजना पूरा भएन', इलाम नागरिक समाजका धर्म गौतम भाइ मलाई सुनाउँछन् । बीपीको विषयमा मैले लेखेका मेरा लेखहरू पढेको थाहा पाएर मलाई खुसी लाग्छ । तर म अनिश्चित भूमिमा धेरै खुट्टा राखिरहन सक्तिन । छलफल गर्छु । दुईजना युवक एउटा सानो कुत्रुके माइक लिएर मेरो केाठामा पस्छन् । एफएम रेडियोको निम्ति वार्ता गर्ने योजना रहेछ । मलाई ती युवकहरू बीपीको कुरा अनि कहिलेकाहीं माओवादीका उपलब्धि विषयमा लेख्नुको तरलता विषयमा प्रश्न गर्छन् । म भन्छु, म एउटा वृत्तको धारणा राख्छु । हेबरमास भन्ने जर्मन समाजशास्त्रीले प्रयोग गरेको विषय हो, आमवृत्त । तर म विचार र साहित्यमा त्यो वृत्तको आफ्नै व्याख्या गर्छु । नेपाली समाजमा, राजनीतिक र सांस्कृतिक अनि साहित्यिक चिन्ताका कहिलेकाहीं सीमारेखा नछुट्टएि पनि तिनका अलग धारहरू भने प्रस्तुत भइरहन्छन् । लाग्छ, साहित्यमा मात्र होइन, राजनीतिमा पनि सहव्याख्याको अस्तित्व रहेछ, नेपालमा । साहित्यमा म त्यस्तो सहव्याख्याको सहअस्तित्व झन् धेरै देख्छु । अनेकौ शैली र विधाका रचना गर्नेहरू बीचमा सँगै प्रस्तुति गर्ने, सहव्याख्या गर्ने संस्कृति नै बनेको छ । विश्वेश्वरप्रसाद कोइराला साहित्यकार हुन् । तर राजनीतिमा तिनले भनेका कुरा र साहित्यमा तिनले लेखेका कुराहरूको साम्य हुने ठाउँ आमवृत्तको सहव्याख्या हो । माओवादीका नेताहरूले एक्लै गुरिल्ला क्याम्पहरूमा बोलेका बेला पनि बीपीको उदाहरण लिएकोमा म आमवृत्तमा सहव्याख्याको त्यही सम्बन्ध देख्छु । म एफएम र बाहिर यिनै वृत्तका कुरा गर्छु । मलाई युवाहरू अराजकताका कुरा सोध्छन् । म व्याख्या गरिबस्छु । भोलिपल्ट बोल्दा बढी व्याख्या गर्छु ।

बिहानै उठ्ता स्वर पुरै बसेको छ । अब फसाद पर्‍यो भन्ने लाग्छ । बिहान माथितिर चियाबगान घुम्न जान्छौं । धर्म गौतम भन्दै जान्छन््—'ऊ त्यो थुम्कोको सबभन्दा पुरानो भवन हो । इलामको चिया दार्जिलिङबाट ल्याएको होइन, यो चीनको क्लोनबाट फैलिएको हो । संवत् १९२० तिरै जङ्गबहादुरको पालामा आएको चिया दार्जिलिङको भन्दा दस वर्षमात्र कान्छो हो ।' मेरा केही भ्रम निवारण हुन्छन् । यसै चियाका हरिया पात खाँदाखाँदै भासिएको स्वर खुल्न थाल्छ । जाँच्नलाई 'बल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा' स्वर खोलेर गाउँछु । अवरोहसम्म सकुशल पुर्‍याउँछु । खुसीले पुलकित हुन्छु । बजार घुम्दै जाँदा वैरागी दाइ र युध्दप्रसाद वैद्य पुराना मुक्ति संग्राममा सात सालतिर लडेका वृध्द तर तेजिला मानिसहरूसँग चाखले परिचय गराउँछन् । पूर्णलाल श्रेष्ठ अहिले ८३ वर्षका छन् । मलाई तेह्रथुममा एउटा लिम्बु संगठनका नेतृत्वमा बसेका ८४ वर्षका मेरा दाजु लयप्रसादको सम्झना हुन्छ । काँल्दाइ काङ्ग्रेसको झण्डा बोकेर पहिले अघि जाने अर्का मुक्ति योध्दा पासाङ लामालाई चिनाउँछन् । 'अन्ठानब्ब्ो वर्षको भएँ' भन्छन् ती । वृध्द, तेजिलो अनुहार भएकी उनकी श्रीमती पतिको इतिहासलाई प्रेमले स्वीकृति दिएको हाँसो बोकेर बसेकी छन् । लामाले मानिसहरूसँग कुरा गर्दा अनेकौंपटक आफ्ना इतिहासहरू बल्झाए होलान् । कतिपटक देखेको र सँगै बस्ता, सुत्दा र हिंड्दा लामाले बाँडेको त्यो इतिहास ती भाउजूले प्रेमले वरण गरिन् होला । देखिन्छ । त्यो नै जीवन भएको छ । इतिहास अलिकता गुनासो पनि रहेछ । 'खै, त्यसरी लडियो, एक आना पैसा पाएन,' ती भन्छन् । मलाई एउटा कुराको ज्ञान हुन्छ । लामो सशस्त्र युध्द लडेका माओवादी छापामारहरूको निम्ति बन्दोबस्त भइरहेको बेला छ, अहिले । तिनको व्यवस्थामा पैसा दिएर पठाएको कुरा सर्वत्र सुन्ािन्छ । यी वृध्द लडाकुले पनि सुनेका छन् । त्ार पहिलेको मुक्तियुध्दमा निजत्वको समर्पण नै लडाकाको चरित्र थियो । संगठनले तिनको निम्ति केही गर्दैनथ्यो । तिमीले इतिहास परिवर्तन गर्ने काम गर्‍यौ । तिम्रो त्यो आदर्श नै तिम्रो सर्वस्व हो । तिमी त्यही जीवनको इतिहासका रोम्ााञ्च सम्भ्िfmबस । आज लडाकाहरूको व्यवस्थापनमा उत्तरराजनीतिक समय जुटेको छ । म नेपाली काङ्ग्रेस, एकीकृत माओवादी, नेकपा एमाले, मधेसी मोर्चालाई उनीहरूको सामथ्र्य र अग्रगतिको चरित्र यही लडाकु व्यवस्थापन गरेकोबाट थाहा पाउँछु र तिनको प्रशंसा गर्छु । यो सम्झौताले नेपाली राजनीतिको सकारात्मक भविताका धेरै कुरा भन्छ । तर इलामको एउटा सुन्दर सानो पाटीघरमा बसेका ती एक शताब्दी वर्षका लडाकाको मुखबाट गुनासो सुन्दा मलाई नेपाली राजनीति 'सहिद र हिरो'का निजी अनि व्यक्तिगत चरित्र छोडेर अर्को उत्तरवर्ती युगमा प्रवेश गरेको थाहा हुन्छ ।

म र विष्णु प्रभात तीनदेखि आठ कक्षाका नानीहरूको एउटा बाँसघारी मुनिको बाँसैबाँसले बनाएको स्कुलमा गएर बोल्छौं । प्रभात दर्शन के हो भन्छन्, अनि नानीहरूलाई दर्शन पढ्ने सल्लाह दिन्छन् । म सुटुक्क हाइकु बनाउँछु—'बाँसघारी मुनि पोखरीमा/ सेता कमलका फूल/ सेता पहिरनमा नानीहरू ।' दिउसो महानन्द सापकोटा र विष्णु नवीनका मूर्ति अनावरण गर्छन्, वैरागी काँल्दाइ र तिनका विषयमा बोल्दा आपmनो जीवनको इलाम खण्ड खोल्छन् । नवीनको मूर्ति पछिल्तिर पाखोभरि सुन्दर चियाका बोट छन् । त्यसको बीचबाट यसै नागवेली परेर बाटो कुदेको छ । अलिक मास्तिर कुइरो सुस्तरी मौनतालाई घनिभूत गरेर उडिबस्छ । विष्णु नवीनको दारी भएको सुन्दर मूर्ति हेरेर काँल्दाइ कपिल श्रेष्ठको सक्कल सम्झना गर्छन् । म हाँस्छु । म त्यस दिन पहिलेको जेल भएको हलमा साहित्य विषयमा लामो बोल्छु । दर्शकदीर्घा मनपराउँछन् । त्यसले उत्तेजित भएर अलिक धेरै बोल्दा दिक्क पारेको थाहा पाउँछु । भोलिपल्ट कलेजको कार्यक्रममा पनि लामो बोल्छु । नेपाली साहित्यमा विभिन्न समयमा आएका पश्चिमी प्रभाव र त्यसको व्याख्या गर्ने क्रममा कतिपय "हाइबि्रड" रूपहरूको रचना भएकोतिर व्याख्या जान्छ । विद्यार्थी र साहित्यकार धेरै प्रश्न गर्छन् । काठमाडौंमा असोज चारदेखि हुने अजित बरालहरूको बुकवर्म ट्रस्टले गर्नलागेको साहित्यिक जात्राको विषयमा भन्छु । लिम्बु कवि मुनराज सेर्मा र अरूहरू आउने भएका छन् । पछिबाट मलाई ढिलो गराइदिएकोमा जान झन्डै ढिलो भएको भन्दै काँल्दाइ युवाहरूलाई झपार्छन् । ती युवाहरू खुसीले ग्रहण गर्छन् । म विष्णु प्रभातलाई भन्छु, मैले बोलेका सबै कुरा अङ्ग्रेजी साहित्य विषयका होइनन्, शुध्द नेपाली साहित्य विषयका हुन् । नेपालीका समीक्षक र प्राध्यापकहरूले यतातिर ध्यान दिएर समस्याका स्वरूपहरू हेर्ने बेला गुजि्रन आँटेको छ । उनी सहमति जनाउँछन् ।

मुखमा हाँसो नअस्ताउने सूर्य भट्टराई भन्ने मानिस मलाई विर्तामोडबाट सत्ताइसको बिहानै इटहरी लान्छन् । म त्यहाँ कलालयको गृहिणीहरूको नाटक—जात्रा उद्घाटन गर्छु । कवि मनु मञ्जिलको एउटा कविता गृहिणीहरूले अभिनय गर्छन् । पृष्ठभृ्मिको मनुको खिच्ने स्वर र नारीका सरल अभिनय हेर्दा शान्ति निकेेतनमा रवीन्द्रनाथ ठाकुरको कवितालाई नारीहरूले अभिनय गरेको सम्झना हुन्छ । नारीहरू आफ्नै जीवन लिएर दुःखै-दुःखले भरिएको तर संघर्ष गरेर त्यसको आफ्नै निदान निकालेको नाटक प्रस्तुत गर्छन् । पूर्व नेपालको संगिनी भन्ने नाच गायन गर्छन्, महिलाहरू । बुलाकी लाएकी पचासी वर्षकी महिला केन्द्रमा नाच्छिन् । तिनको टाउकोमा एउटा लोटा नखसी बस्छ । हरेक नृत्यमोडमा ती एकपटक ताली पड्काउँछिन् । कलालयका निर्देशक सोनु जयन्ती यो जीवनको नै सरल र यथार्थ मञ्चयात्रा हो भन्छन् । म नाटक लेख्ता आफूले भोगिआएका चुनौतीमा एउटा अर्को आयाम थपिएको थाहा पाउँछु । हामी आमवृत्तको सहव्याख्या मञ्चबाट जीवनले गर्छौं ।

अभि सुवेदी