सम्झना अब निर्देशक
![]() |
लामो समयदेखि इभेन्ट म्यानेज्मेन्टको क्षेत्रमा सक्रिय सम्झना उप्रेती रौनियार अब नेपाली चलचित्रको निर्देशकका रूपमा उदाएकी छिन्। वीर गणेशमान, मन-मन्दिर, सिउँदोको सिन्दूर तथा मामाघरजस्ता चलचित्रमा सहायक निर्देशनको अनुभव बटुलिसकेकी सम्झनाले कलेज अफ फिल्म स्टडिज (ओस्कार) बाट चलचित्र निर्देशनमा स्नातक उत्तिर्ण गरेकी छिन्। औपचारिक अध्ययनपछि केही समय मुम्बईमा समेत निदेर् शनको प्रशिक्षण लिएकी सम्झनाले मुम्बईकै केही प्रोडक्सन हाउसमा सहायक निर्देशनको काम गरेकी छिन्। उनले बालाजी फिल्म्सको क्रिएटिभ टिममा एसोसिएट हेड, मधुर भण्डारकरसँग सहायक निर्देशन, क्रिस्टल फिल्म्समा प्रोडक्सन असिस्टेन्ट तथा उदितनारायणको प्रो डक्सन हाउस युडी मुभिजमा असिस्टेन्ट डाइरेक्टरका रूपमा काम गरिसकेकी छिन्। आगामी तिहारपछि छायांकन प्रारम्भ हुने नेपाली चलचित्र 'मेघा' मार्फत सम्झना निर्देशक बन्न लागेकी हुन्। उप्रेती भन्छिन्— 'यो चलचित्र प्रेम कथामा आधारित हुनेछ, जसमा अभिनय गर्ने मुख्य कलाकारको छनौट जारी छ।'
![]() |