प्रसन्न भए रेस


चलचित्र क्षेत्रका दुई घनिष्ठ मित्र हुन् रेस मरहट्ठा र प्रसन्न पौडेल। प्रसन्न चलचित्र निर्देशनमा सक्रिय भएपछि रेस उनका घनिष्ठ मित्र  बनेका हुन्। दुवैले चलचित्र 'मेरो बेस्ट फ्रेन्ड' मा सहकार्य गरेपछि त यो मित्रता अझ प्रगाढ भएको छ। प्रसन्नले निर्देशन गरेको मेरो बेस्ट फ्रे न्डमा रेस नायकको भूमिकामा छन्। यी दुईको मित्रता यतिमै सीमित छैन। अमेरिकाका स्थायी बासिन्दा रेस केही महिनाअघि अमेरिका गए।  उनलाई पछ्याउँदै प्रसन्न पनि अमेरिका पुगे। प्रसन्नको भ्रमणलाई विशुद्ध भ्रमणकै रूपमा लिइएको थियो तर ती दुवैले करिब दुई महिनाको  अवधिमा एउटा नेपाली/अंग्रेजी चलचित्रको सुटिङ नै भ्याए। 'इलेभेन्थ स्ट्रिट' शीर्षकको उक्त चलचित्रका बारेमा दुवैले धेरै कुरा सार्वजनिक  गरेका छैनन् तर यसैसाता काठमाडौं फर्किएका नायक मरहट्ठाले साप्ताहिकसँग भने— 'म प्रसन्नसँग निकै प्रसन्न छु।' सम्पूर्ण छायांकन अमे रिकामै गरिएको यो चलचित्रमा अमेरिकामा बसोबास गर्ने नेपाली कलाकारहरूले अभिनय गरेका छन्।