जस्मिनको डेब्यु
![]() |
नेपाली चलचित्रमा नायिकाहरूको संख्या बढ्दो छ। प्रदर्शनको तयारीमा रहेको चलचित्र 'मेरो मनको साथी' मार्फत जस्मिन श्रेष्ठ नायिकाका रूपमा डेब्यु गर्दैछिन्। यसअघि चलचित्र 'तिम्रो लागि' मा सानो भूमिकाका निर्वाह गरेकी जस्मिनले प्रदीप श्रेष्ठ निर्देशित चलचित्र 'मेरो मनको साथी' मा सोलो नायिकाका रूपमा काम गर्ने अवसर पाएकी छिन्। काठमाडौंकी स्थायी बासिन्दा जस्मिन कति भाग्यमानी छिन् भने उनले पहिलो प्रयासमै राजेश हमाल, जीवन लुइँटेल, आयुष रिजाल तथा सुनिलदत्त पाण्डेको साथ पाएकी छिन्। अभिनय र नृत्यको प्रशिक्षण लिएर चलचित्र क्षेत्रमा आएकी जस्मिनको करियरले कसरी गति लिन्छ भन्ने कुराचाहिँ चलचित्र 'मेरो मनको साथी' को परिणामले देखाउनेछ।
![]() |