बचौं फुड एलर्जीबाट
![]() |
खाना जीवनका लागि अनिवार्य छ तर कतिपय अवस्थामा खाना पनि घातक हुन पुग्छ । यस्तो स्थितिलाई फुड एलर्जी भनिन्छ । त्यसो त फुड एलर्जीबाट जोगिन सकिन्छ तर गम्भीरता अपनाइएन भने परिणाम दुर्भाग्यपूर्ण हुनसक्छ । फुड एलर्जीबाट बच्न त्यसको लक्षण र कारण बुझ्नु आवश्यक छ ।
के हो फुड एलर्जी ?
फुड एलर्जीको सम्बन्ध शरीरको रोगप्रतिरोधक तन्त्रसित छ । हाम्रो शरीरको रोगप्रतिरोधक तन्त्रले ब्याक्टेरिया एवं भाइरसका साथै अन्य विषालु पदार्थहरूको प्रतिवाद गर्छ । जुन खास पदार्थबाट शरीरलाई एलर्जी हुन्छ, त्यसलाई खाँदा पनि प्रतिरोधक तन्त्रले प्रतिक्रिया जनाउँछ र शरीरमा -इम्युनोग्लोबिन ई) नामक एन्टिबडिज निर्माण हुन थाल्छ । यसले कोशिकाहरूमा गएर रसायन उत्पादन गर्छ, जसका कारण एलर्जी हुन्छ । यसैलाई फुड एलर्जी भनिन्छ । त्यसो त एलर्जीको लक्षण सामान्य हुन्छ तर कहिलेकाहीँ गम्भीर बिरामी वा मृत्यु पनि हुन सक्छ । एलर्जी कुनै पनि खाद्यपदार्थबाट हुन सक्छ तर त्यसको धेरैजसो कारण प्रोटिन नै भएको पाइन्छ । बालबालिकालाई प्रायः अण्डा, दूध, सेलफिस, सोया, टि्रनट र गहुँबाट एलर्जी हुन्छ । त्यसैगरी वयस्क व्यक्तिलाई माछा र सेलफिस टि्रनट जस्तै वालनट र अण्डाबाट एलर्जी हुन्छ । फुड एडिटिब्स जस्तै डाइज, थिकनर्स र पि्रजरवेटिवबाट भने धेरै कम फुड एलर्जी वा फुड इन्टोलरेन्सको समस्या उत्पन्न हुन्छ । फुड एलर्जी बाल्यावस्थामै प्रारम्भ हुनसक्छ । त्यसैले बालबालिकालाई पाँच वर्षदेखि नै दूध, अण्डा, गहुँ र सोयाजस्ता एलर्जी हुने खाद्यपदार्थबाट टाढा राखे राहत प्राप्त हुन्छ ।
मुख र जिब्रोमा प्रभाव पार्ने एलर्जी हुनुमा ताजा फल र तरकारीको भूमिका रहन्छ । यसप्रकारका खानामा केही पोलेन्स -पराग) सित मिल्दाजुल्दा तत्व हुन्छन् । यसप्रकारको खानाबाट एलर्जी हुन्छ । जस्तै खरबुजामा रेगविड पोलेन्स र स्याउमा टि्र पोलेन्स भनिने तत्त्व पाइन्छ ।
लक्षण
ल कुनै पनि रोगको उपचारपूर्व त्यसका लक्षणका बारेमा जान्नु आवश्यक हुन्छ । फुड एलर्जीको लक्षण खाद्यपदार्थ खाइसकेपछि वा खाएको दुई घन्टापछि देखिन थाल्छ । कतिपय अवस्थामा खाएको केही घन्टापछि मात्र लक्षण देखा पर्छ ।
फुड एलर्जीको लक्षण एब्डोमिन पेन, डायरिया, निल्न समस्या, मुख, आँखा, छाला चिलाउनु, रिंगटा लाग्नु, छालामा दाग, मुहार, ओठ र जिब्रो सुन्निनु, श्वासप्रश्वासमा समस्या र वाकवाकी लाग्नु अथवा बान्ता हुनु आदि ।
ल मुखमा एलर्जीको लक्षणमा ओठ, जिब्रो र घाँटी चिलाउने, ओठ सुन्निने आदि हुन्छ ।
एलर्जी बढे रक्तचाप घट्नेे र सास नलीमा अवरोध उत्पन्न भै सास लिन गाह्रो हुन सक्छ ।
उपचार
रगत र छालाको जाँचबाट फुड एलर्जी भए-नभएको थाहा पाउन सकिन्छ । धेरैजसो फुड एलर्जीमा पूर्णरूपले उपचार गर्ने विशेष विधि छैन । केही मामिलामा भने यो पूर्णरूपले बन्द हुन्छ, होइन भने एलर्जीसित सम्बन्धित भोजनमा परहेज गरेर मात्र यसबाट जोगिन सकिन्छ ।
फुड इन्टोलरेन्स
कतिपय अवस्थामा मानिसहरू फुड इन्टोलरेन्सलाई फुड एलर्जी मान्छन् । यी दुवैका केही लक्षण समान भए पनि फुड इन्टोलरेन्स फुड एलर्जीभन्दा फरक र अलग हुन्छ । फुड इन्टोलरेन्सको समस्या पाचनतन्त्रसित हुन्छ । जब शरीरले कुनै खाद्यपदार्थलाई पूर्णरूपमा पचाउन सक्दैन तब यो समस्या उत्पन्न हुन्छ । कसैलाई लेक्टोस सह्य हुँदैन । यस्ता व्यक्तिमा दूध पचाउने इन्जाइमको कमी हुन्छ, जसका कारण शरीरले प्रतिक्रिया जनाउँछ । यसमा डायरिया र बान्ता हुने जस्ता लक्षण अगाडि आउँछन् तर यसबाट फुड एलर्जीजस्तै ज्यानको खतरा भने हुँदैन ।
फुड एलर्जीबाट बच्ने उपाय
फुड एलर्जीको कारण थाहा पाइसकेपछि एलर्जी गराउने खाद्यपदार्थलाई भोजनमा समावेश गर्नु हुँदैन ।
खाद्यपदार्थ प्रयोग गर्नुपूर्व त्यसमा मिश्रण गरिएको सामग्रीका सम्बन्धमा
जानकारी लिनुपर्छ ।
बाहिर खाँदा भोजनका बारेमा शंका उत्पन्न भए खानामा प्रयोग भएको सामग्रीका बारेमा सोध्नु राम्रो हुन्छ ।
बालबालिकाका मामिलामा आमाबुबाले स्कुल, अध्यापक एवं साथीभाइहरूलाई पनि एलर्जीका सम्बन्धमा सूचना दिनुपर्छ । यसबाट बालबालिका घरबाहिर एलर्जी हुने भोजन खानबाट बच्छन् ।
खाना बनाउने भाँडाबाट एलर्जी हुन्छ भने तिनलाई अलग राख्नुपर्छ ।
![]() |