बेङ्गाझी आक्रमणपछिको अमेरिका
![]() |
लिबियाका लागि अमेरिकी राजदूत जोन क्रिस्टोफर स्टेभेन लगायत चार अमेरिकी नागरिकको पुर्वी लिबियाको बेङ्गाझीमा एक प्रदर्शनको क्रममा हत्या गरियो । कन्सुलेट परिसरभित्रै मोर्टार, गि्रनेड र रकेटजस्ता हतियारहरू त्यस आक्रमणमा प्रयोग गरिएका थिए । कूटनीतिक इतिहासमा घटेका केही तीता घटनाहरूमध्ये यो एउटा हो । कसले ज्यानै लिनेगरी हमला गर्यो ? किन गर्यो ? र भविष्यमा लिबिया आफैभित्र, भूमध्यसागर तटीय मुलुकहरूमा, स्वयं अमेरिका र बाँकी विश्वमा यो घटनाले कस्तो असर पार्ला भन्ने चासो फैलिएको छ । यसको आधिकारिक जवाफ त निकट भविष्यदेखि सुदूर भविष्यसम्ममा देख्न वा सुन्न पाइने नै छ । यद्यपि अन्तर्राष्ट्रिय राजनीतिको बदलिंँदो प्रवृत्तिमाथि छोटो टिप्पणी गर्नुचाहिं सान्दर्भिक नै हुनेछ ।
११ सेप्टेम्बर २०१२ कै दिन यो घटना गरिएको थियो । प्राप्त समाचारअनुसार सयौ मानिस प्रदर्शनमा उत्रिएका थिए । उनीहरूको विरोध साम बासिले नाम गरेको इजरायली मूलको घरजग्गा सम्वन्धी कारोवार गर्ने मानिसले बनाएको 'इन्नोसेन्स अफ इस्लाम' नामक फिल्मका विरूद्ध थियो । त्यो फिल्म इस्लाम धर्मका पवर्तक प्रोफेट मोहम्मदलाई भद्दा गालीबाट भरिएको थियो । जूनमा बनाइएको यो फिल्म सेप्टेम्बर ५ तारिखदेखि अरबी भाषामा 'डबिङ' गरेर यु-ट्युव र फेसबुक मार्फत अरब विश्वमा उसैले फैलाएको जनाइएको छ । हाल त्यो मानिस अमेरिकाभित्रै कतै भूमिगत भएको समाचारहरूले जनाएका छन् ।
बेङ्गाझीमा भएको उक्त विरोध प्रदर्शनमा प्रदर्शनकारीभन्दा अलि बेग्लै खालका झन्डै दुई दर्जन मानिस हातहतियारसहित उपस्थित थिए । जो अलग-थलग देखिन्थे । यी मानिसहरू 'अन्सर अल सहरिया' नामक आतंककारी सफाली समूहसँग सम्वन्धित भएको अनुमान लगाइएको छ । जो बेङ्गाझीमा मोहम्मद गद्दाफी विरूद्धको आन्दोलन सुरू हुनुभन्दा अघिदेखि नै सक्रिय रहेको थियो । तर सरकारले भने यो आक्रमण कर्णेल गद्दाफी पक्षधरहरूले घटाएको अनुमान गरेको छ । लिबियामा लामो समय शासन गरेका कर्णेल गद्दाफीका अझै पनि शुभेच्छुक, समर्थकहरू रहेका हुनसक्छन् । र उनलाई सत्ताच्युत गरेर हत्या गरिएको विरोधमा बदला लिन प्रयत्न पनि गर्लान् । झन् बेेलायतमा शरण लिएका पूर्वसुरक्षा प्रमुख अब्दुल्लाह सेनउसीलाई केही दिनअघि लिबियाली सरकारलाई सुपुर्दगी गरिएपछि पश्चिमा मुलुकहरूले धोखाधडी गरेको भन्ने आरोप लागेको र बदलास्वरूप त्यो घटना घटाइएको पनि हुनसक्छ । तर जसले यो घटना गराएको भए पनि उनीहरू पूर्व तयारीका साथ आएका थिए । यो घटनाले के देखाएको छ भने प|mान्सको नेतृत्वमा गतवर्ष नाटो सैन्य संगठनमा आबद्ध राष्ट्रहरूले सत्ताच्युत गर्न गरेको आक्रामक कारवाही इराक र अफगानिस्तानमा झै कचल्टिने अवस्थामा पुगेको हो कि भन्ने अनुमान लगाइएको छ । र के पनि भन्न थालिएको छ भने लिबियाको संक्रमणकाल सकिएको छैन र शान्ति सुरक्षा प्रदान गर्न वर्तमान सरकारलाई निकै अप्ठ्यारो छ ।
अमेरिका-इजिप्ट सम्बन्ध
लिबिया घटना भएकै दिन सेप्टेम्बर ११ तारिखदेखि नै फिल्मको विरोध इजिप्टको राजधानी कायरोमा सुरू भयो । र तीन दिन लगातार कायरोस्थित अमेरिकी दूतावासलाई घेराबन्दीमा राखेर विरोध प्रदर्शन गरियो । पछिल्लो पटक गएको शुक्रबार मुस्लिम बाहुल्य रहेका सबै एसियाली तथा अपि|mकी मुलुकहरूमा -सउदी अरब बाहेक) साना-ठुूला प्रदर्शनहरू भएका छन् । यमनको राजधानी सान्नामा भने घटनाले उग्ररूप लियो । केही मानिस मारिए र दर्जनौ घाइते हुनपुगे । यद्यपि विरोधको स्वर केही दिन थामिने संकेत देखिएको छैन । त्यसैले पनि अमेरिकी सरकारका लागि लिबियाभन्दा पनि इजिप्टसँगको सम्बन्ध तीतो हुँदै जाने हो कि भन्ने आशंका बढेको देखिन्छ । इजिप्टका नवनिर्वाचित राष्ट्रपति मोहम्मद मोर्सीले लिबिया र इजिप्टमा भएका घटनाहरूलाई निकैपछि मात्र नरम वक्तव्यमार्फत निन्दा गरेपछि ओबामा प्रशासन छटपटाहटमा रहन पुग्यो । बिहीबार राष्ट्रपति मोर्सीले टेलिभिजन च्यानलहरूमार्फत प्रसारण गरेको वक्तव्यमार्फत 'हामी शान्तिपूर्ण प्रदर्शनको पक्षमा छौं, तर जनता र राजदूतावासहरूमा आक्रमण गरिनु गलत हो । आफ्ना कुरा खुलस्त राख्न, शान्तिपूर्ण प्रदर्शन गर्ने कुराको ग्यारेन्टी गरिन्छ । तर अर्काको सम्पति, कूटनीतिक नियोग र दूतावासहरूलाई क्षति नपुर्याइकन यस्ता प्रदर्शनहरू गरिनुपर्छ ।' उनले राजदूतको हत्याको निन्दा गरेका थिए । उता अमेरिकी राष्ट्रपति ओबामाले बुधबार एउटा टेलिभिजन अन्तर्वार्तामा इजिप्टप्रति इंगित गर्दै भने, 'उनीहरूलाई हामी सहकर्मी पनि सोच्दैनौं र शत्रु पनि ठान्दैनौं । अझै पनि सम्बन्ध विकसित गर्ने दिशातर्फ}{उन्मुख छ । यतिबेला हामी के आशा गर्छाैं भने नागरिक र दूतावासको संरक्षण हुनेछ ।' यो पटकसम्म चारखेप अमेरिकी राजदूतावास अगाडि उग्रप्रदर्शन भइसकेकोले अमेरिका चिन्तित हुनु अस्वाभाविक भने होइन ।
मुस्लिम ब्रदरहुडको समर्थनमा निर्वाचन जितेका राष्ट्रपति मुर्सी सामान्यतया मुस्लिम पक्षधर रहे तापनि धेरै हदसम्म धर्मनिरपेक्ष मानिन्छन् । र पूर्वराष्ट्रपति होस्नी मुवारकको जस्तो उनी अमेरिकी सहयोगी नभइकन स्वतन्त्र विदेश नीतिका पक्षपोषक मानिन्छन् । त्यही भएर अगस्ट अन्तिममा भएको असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा अमेरिकाले नचाहँदा-नचाहँदै उनी उपस्थित हुनपुगे । अमेरिकाले वाषिर्क रूपमा सैनिक तथा गैरसैनिक सहयोग प्राप्त हुने दुई अर्ब डलरको सहयोगले निरन्तरता दिन नसक्ने अवस्था आउन सक्छ भन्ने कुराको पनि त्यति धेरै चिन्ता लिएनन् । यसको अर्थ धेरैले धेरै प्रकारले लगाइरहेका छन् । यद्यपि अमेरिकाले हिजो जे भन्दा पनि मान्ने अवस्था इजिप्टमा छैन भन्नेचाहिं अहिले पक्कापक्की भएको छ । यसको अर्थ उत्तर अपि|mका र पश्चिम एसियाली राष्ट्रहरू क्रमिक रूपमा आर्थिक, राजनीतिक तथा सामाजिक रूपमा फेरिंदै गएका छन् । निकट विगतमा आन्दोलन र क्रान्तिमार्फत देखिएको र सुनिएको जनताको आक्रोशको सुनुवाइ गर्न नेता, कार्यकर्ताहरू बाध्य देखिन्छन् ।
सत्तापलटका घटना र त्यसको मूल्य
सन् १९७९ मा अमेरिकी मध्यस्थतामा अमेरिकाको क्याम्प डेभिडमा इजिप्ट र इजरायलबीच शान्ति सम्झौता भएको थियो । त्यसको लगभग तीस वर्षसम्म इजिप्ट अमेरिकाको पक्षमा क्षेत्रीय शक्तिका रूपमा उभियो । टर्की, इजिप्ट, सउदी अरेबिया, इजरायलहरूकै आडमा अमेरिकाले इराकमाथि आक्रमण गर्न र सद्दाम हुसैनको शासनको सत्तापलट गर्न मद्दत पुर्याएका थिए । विश्वलाई नै हानि पुर्याउन सक्ने हतियारहरूको भण्डारण -डब्लुएमडी) रहेको निहँुमा इराकमाथि आक्रमण गरिएको थियो । तर पछि त्यो पुष्टि हुनसकेन । गतवर्ष ट्युनेसियाबाट सुरू भएको आन्दोलन उत्तर अपि|mकी देशहरूमा फैलिएपछि लिबियामा नाटो संलग्न राष्ट्रहरूले हवाई आक्रमण गरेर शान्तिपूर्ण आन्दोलनलाई हतियारबन्द युद्धमा रूपान्तरण गरी कर्णेल गद्दाफीको सत्तापलट तथा वीभत्स हत्या गरिएको थियो । अफगानिस्तानमा नाटोकै संलग्नतामा युद्ध जारी छ । सत्तापलटकै अर्को रिहर्सल सिरियामा चलिरहेको छ । इरानमा तेल नाकाबन्दी चलिनै रहेको छ । यी यावत् घटनाक्रम चलिरहेको त्यस क्षेत्रका वासिन्दाले नजिकबाट हेरिरहेका थिए । तीनदेखि चार दशकसम्म तानाशाही शासन व्यवस्था लाद्ने सरकारहरूसँगको गठजोडका कारण ती तानाशाहहरूका सट्टा अमेरिकासँग पनि मानिसहरू रिसाउनु अस्वाभाविक थिएन । सत्तापलटका लागि झुटा विवरण दिएर गरिएका आक्रमणप्रति मूकदर्शक बन्नुपरेको र लाखौं-लाखको जनधनको क्षति बेहोर्नुपरेको तथ्यले पनि मुस्लिम जगत तात्तिनु अस्वाभाविक थिएन । एक अर्ब डलर ऋणमोचन गर्ने ओबामा प्रशासनको घोषणा हुँदाहुँदै पनि राष्ट्रपति मुर्सीले इरानमा असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन जानु तथा पहिलो विदेश भ्रमणका लागि चीनलाई रोज्नु अमेरिकाका लागि दुःखद क्षण हो । त्यसैले पनि अमेरिकी प्रशासन यतिबेला इजिप्सियन रवैया देखेर तिलमिलाएको छ ।
विश्व महाशक्ति राष्ट्र अमेरिकाले पश्चिम एसिया र उत्तरी अपि|mकामा गुमाउँदै गएको साख कतै पूर्वी एसिया तथा प्रशान्त सागरीय क्षेत्रमा पनि दोहोरिने त होइन भन्ने डर उब्जनु अस्वाभाविक होइन । चीनसँग अन्य मुलुकहरूको सम्बन्धको तीतोपनबाट फाइदा उठाउन खोज्नु एक प्रकारले न्यानोपन प्राप्त गरे पनि यो क्षणिक हुने कुरा अमेरिकाले नबुझेको होला भनेर मान्न सकिन्न । तर एकातर्फ भारी ऋण अर्कोतर्फ विकराल बन्दै गएको मन्दी र बेरोजगारी अनि यी सबै अप्ठ्याराबाट बच्न गरिनुपर्ने चीनसँगको सहकार्य उसका लागि अपरिहार्य बन्न पुगेको छ । यस अवस्थामा उसले विगतमा झै मन लागेको कुरा, मन लागेको ठाउँमा सत्तापलट वा 'कू-देता' गर्नसक्ने अवस्थामा ह्रास आएको देखिन्छ । इराकपछि उसले अफगानिस्तान छोड्ने निर्णय पहिले गरेको छ । यद्यपि ऊ किन आयो र किन फर्कियो ? ती युद्धहरूबाट अमेरिकी जनता कति लाभान्वित हुनसके भन्ने प्रश्नको उत्तर ऊसँग छैन । यसले अमेरिकी शाखलाई घटाउनेछ । उसको राप र तापलाई पानी खन्याउने नै देखिन्छ ।
अमेरिकी चुनाव
ओसामा बिन लादेनलाई पाकिस्तानमा मारेपछि एकाएक लोकपि्रय बन्न पुगेका राष्ट्रपति ओबामा दोस्रो कार्यकालका लागि आगामी ६ नोभेम्बरको निर्वाचनमा रिपब्लिकन उम्मेदवार मिट रोम्नीसँग भिड्दैछन् । संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा पहिला-पहिला मुख्यतया दुई विषयमा बहस चल्ने गथ्र्यो । पहिलो, विदेश नीति र दोस्रो, करको दर घटाउने वा बढाउने भन्ने विषयमा । त्यसमा पनि पहिलो विषय प्रमुख हुने गथ्र्यो । तर यतिबेला अन्य विषय पनि प्रवेश गरेका छन् । अकुपाई मुभमेन्ट, रोजगारी समस्या र मन्दीको मारबाट मुक्त हुने विषय । हालै बेङ्गाझीमा भएको घटना र कायरोमा भएको प्रदर्शनपछि रोम्नीले औंला उठाउने ठाउँ पाएका छन् । तर यो घटनाले ओबामालाई त्यति धेरै असर पार्ने देखिन्न । संयुक्त राज्य अमेरिका बाहुबलीका हिसाबले एक नम्बर राष्ट्र भएकाले अमेरिकी निर्वाचनलाई बहुतै गम्भीरतापूर्वक हेरिनु अस्वाभाविक होइन । रिपब्लिकन उम्मेदवार मिट रोम्नीले विजय हासिल गरेको खण्डमा विश्व अत्यन्त कन्जरभेटिभ मोडमा पुग्ने र युद्ध र अन्य झमेलाहरू बेहोर्नुपर्ने अवस्था आउन सक्छ । जस्तो बुसकालीन अमेरिकालाई उदाहरणका रूपमा लिन सकिन्छ । ओबामाले जितेमा प्रणालीगत सुधारको अपेक्षा नगरिए तापनि नराम्रै हुने कुरामा कमी आउन सक्छ भन्ने अपेक्षा गर्न सकिन्छ । यद्यपि उनको चारवर्षे कार्यकाल त्यति धेरै सुखद रहन सकेन । नत संयुक्त राज्य अमेरिकाले आफ्नो खस्कँदो साखलाई उनको नेतृत्वले सुधार गर्न नै सक्यो । हेरौं, अमेरिकी जनताले कसलाई रोज्ने हुन् ?