मेन्डिसको रहस्मय बलिङमा कीर्तिमान
![]() |
हम्बनटोटा, असोज २ (एएफपी)- अजान्था मेन्डिसले रहस्मय बलिङमा कीर्तिमान बनाउदा आयोजक श्रीलंकाले मंगलबार सुरु विश्व ट्वान्टी-२० मा जिम्बावेलाई ८२ रनले पराजित गर्यो। १ सय ८३ रनको लक्ष्य लिएर आएको जिम्बावे १७.३ ओभरमा १ सय रनमा समेटियो।
अजान्थाले ४ ओभरमा २ मेडन राख्दै ८ रन खर्चेर ६ विकेट लिइ ट्वान्टी-२० अन्तर्राष्ट्रियकै उत्कृष्ट बलिङ गरे। १६ रन खर्चेर ६ विकेट लिनु यसअघिको उत्कृष्ट प्रर्दशन पनि अजान्थाकै नाममा थियो। जीवन मेन्डिसले ३ विकेट लिए। जिम्बावेबाट तेस्रो ट्वान्टी-२० विश्वकप खेलिरहेका ओपनर ह्यामिल्टन मासाकाद्जाले सर्वाधिक २० रन बनाए। इल्टन चिगुम्बुराले १९, ग्राम किमरले १७, भुसि सिवान्दाले ११ र क्रेग इर्भिनले १० रन बनाए।
कुमार सांगाकारा र जीवन मेन्डिसले ठुलो स्कोर बनाउदा यसअघि श्रीलंकाले १८२-४ को चुनौतीपूर्ण स्कोर बनाएको थियो। भर्खरैमात्र आइसिसी वर्ष खेलाडी बनेका सांगाकाराले एक छक्का र २ चौकाको मद्धतले २६ बलमा ४४ रन बनाए। ४ चौका र १ छक्का प्रहार गरेका जीवन ३० बलमा ४३ रनमा अविजित रहे।
जिम्बावेको टस जितेर फिल्डिङ गर्ने निर्णयमा ओपनर तिलकरत्ने दिलशानले ३९ रन बनाए। २८ बल खेलेका उनले ५ चौका प्रहार गरे। उनी लेग स्पिनर ग्राम गिमरको बलमा विकेटकिपर ब्रेन्डन टेलरबाट क्याच आउट भए। कप्तान माहेला जयाबर्द्धने १३ रनमा रन आउट भए। जिम्बावेको कमजोर फिल्डङको श्रीलंकाले फाइदा उठाए पनि ओपनर दिलशान मुनाविरा (१७), जयाबर्द्धने र सांगाकारा रन आउट भए। समूह 'सी' को अर्को टोली दक्षिण अफ्रिका हो।
बुधबारको खेल
अस्ट्रेलियाविरुद्ध आयरल्यान्ड १५.४५
भारतविरुद्ध अफगानिस्तान १९.४५
अस्ट्रेलियाविरुद्ध आयरल्यान्ड १५.४५
भारतविरुद्ध अफगानिस्तान १९.४५
![]() |