माओवादी इमान्दार भए २ दिनमा सहमति : कोइराला
![]() |
जनकपुरधाम, असोज १ - नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले एकीकृत नेकपा माओवादी ईमान्दार भए दुई दिनभित्रै राजनीतिक गतिरोध अन्त्य हुने दावी गर्नुभएको छ । धनुषाको हरबरा गाविसका विद्यार्थी शहीदद्वय कामेश्वर–कुशेश्वरको शालीक अनावरण गर्दै सभापति कोइरालाले झूठो आश्वासन छाडेर माओवादी ईमान्दारिपूर्वक अगाडि आए राजनीतिक निकास निस्कने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘माओवादी ईमान्दार बन्नुपर्छ, दुई दिन भित्रै सहमति हुन्छ ।’ कोइरालाले अहिल दलहरुबीच सकारात्मक छलफल भइरहेको र छिट्टै निचोडमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुलुकको स्थायित्वका लागि अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने दोहोर्याउनुभयो ।
उहाँले २०६२–०६३ को जनआन्दोलनवाट प्राप्त उपलब्धिलाई संस्थागत र बचावको लागि मुलुकमा शान्ति अमन चयन र स्थायित्व आवश्यक रहेको बताउँदै यसको लागि सबै राजनीतिक दलका नेताहरु हातेमालो गरेर अगाडी बढनुपर्ने बताउनुभयो ।
विगत १० साल सम्म मुलुक द्वन्दमा फसेको कारण मुलुकलाई सु–सम्पन्न गर्न काग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै काग्रेसका महामन्त्री प्रकाशमान सिंहले ए माओवादी नेतृत्वको सरकार असफल भईसकेकोले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सत्तामा बस्नुको कुनै नैतिक आधार नरहेको टिप्पणी गनुभयो ।
![]() |