'निर्वाचन उत्तम विकल्प'
![]() |
'चुनावको वातावरण बनाउनोस्'
जनकपुर, आश्विन २ - कांग्रेसका सभापति सुशील कोइरालाले मुलुकमा विद्यमान गतिरोधको उत्तम विकल्प निर्वाचनमात्र रहेको बताउँदै, पार्टीका नेता तथा कार्यकर्ताहरूलाई चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् ।मध्य धनुषाको हडवाडामा आयोजित सहिद कामेश्वर मण्डल र कुशेश्वर यादवको नव निर्मित शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति कोइरालाले भने- 'चार दलबीच घनिभूत छलफल भइरहेको छ । आशा गरौं दुई तीन दिनभित्रै सकारात्मक सहमति हुन्छ । भएन भन्ने निर्वाचनमा जानु पर्दछ । तपाईहरू निर्वाचनको तयारीमा जुट्नोस् ।'यस अघिका वार्ता प्रयासहरू एमाओवादीको कारणले मूर्त रूप लिन नसकेको आरोप लगाउँदै उनले भने, 'माओवादी र मधेसी मोर्चा सकारात्मक भए दुई तीन दिनभित्रै समस्या समाधान हुन्छ ।'कांग्रेसलाई संघीयता विरोधी भन्नेहरु प्रति इङ्गित गर्दै उनले भने- 'गिरिजाबाबू प्रधानमन्त्री हुँदा पहिलो पटक उनले संघीयतालाई स्वीकार गरेका थिए । हाम्रा विरोधीहरु हामीलाई संघीयता विरोधी बताएर बदनाम गर्न खोज्दै छन् ।'आफूहरू चार पुस्तादेखि मधेसमै बस्दै आएको स्मरण गर्दै उनले मुलुकलाई जात जाति र धर्म सम्प्रदायमा बाँडेर वितण्डा मचाउनेहरूसँग सावधान रहन अपिल समेत गरे । नागरिक आन्दोलनमार्फत आजसम्म भएका परिवर्तनहरू संस्थागत हुन पाएको उल्लेख गर्दै उनले भने- लोकतान्त्रिक संविधान निर्माण नभएसम्म शान्ति स्थापना हुन सक्दैन । शान्ति विना विकास सम्भव छैन ।कांग्रेस महामन्त्री प्रकाशमान श्रेष्ठले आफ्नो पार्टी मधेसको सच्चा हिमायती रहेको उल्लेख गर्दै मधेसवादी दलहरूप्रति इङ्गिग गर्दै भने- 'तथाकथित मधेसवादी दलहरू कांग्रेसलाई संघीयता विरोधी भन्छन् जबकि गिरिजाबाबूले पहिलो पटक संघीयतासम्बन्धी विषयलाई उठाएका थिए । महामन्त्री श्रेष्ठले माओवादीले सत्ता टिकाई राख्न संविधानसभा विघटन गरेको आरोप लगाए । अन्तरिम संविधान बाटो बिराइसकेको उल्लेख गर्दै उनले यसलाई 'ट्रेक' मा ल्याउन राजनीतिक निर्णयको आवश्यकता रहेको बताए । उनले मुलुकको समस्या वार्ताबाटै समाधान हुने दाबी गरे- 'विवादित विषयमा दुई-तीन दिनभित्रै सहमति जुट्ट । सहमति भएन भन्ने संविधानसभा वा व्यवस्थापिका संसदको निर्वाचनमा जानु पर्दछ ।'प्रतिमा निर्माण समितिका सभापति एवं कांग्रेस क्षेत्र नं २ का सभापति राजकिसोर सिंह, धनुषाका सभापति एवं निर्वमान सभासद रामसरोज यादव, सिरहाका सभापति सीता देवी यादव, धनुषा क्षेत्रनम्बर २ का सभासद रामकृष्ण यादवसहितका नेताहरूले सम्बोधन गरेका थिए । यी नेताहरूले मधेसका विकास निर्माणको विषयमा सभापति कोइरालालाई ध्यानाकर्षण गराएका थिए । यसै गरी संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह समेत गरेका थिए ।
![]() |